चितवनका एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरी कार्यालयको निर्देशन

चितवनका एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरी कार्यालयको निर्देशन

काठमाडौं
चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ । सरुवा भएको १३ दिनसम्म पनि जिल्ला नछाडेपछि उलाई यस्तो निर्देशन दिनुपरेको कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयले बुधबार दिएको निर्देशनमा भनिएको छ, ‘‘दानबहादुर मल्ल हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन नआएकाले तहाँ कार्यरत प्रहरी नायब उपरीक्षकलाई सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र ठेकिएको दरबन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालय समेतमा दिन निर्देशन गरिन्छ ।’’
एक प्रहरी अधिकारीले भने, ‘‘समय नै तोकेर निर्देशन दिनु ठूलो कुरा हो । यस्तोमा निर्देशन नमाने प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने अवस्था आउँछ ।’’ पुस ४ गते एसपी मल्लसहित २४ एसपीको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको थियो । उनको स्थानमा एसपी गंगा पन्तको चितवन सरुवा भएको थियो । मल्ललाई भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको प्रहरी कार्यालयमा सरुवा गरिएको थियो ।

प्रकाशित मिति : बिहिबार, पुष १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij