काठमाडौं : अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा सार्वजनिक भएको छ।
काठमाडाैंस्थित अमेरिकी दूतावासका अनुसार सन् २०१७ को अक्टोबरदेखि नोभेम्बरसम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी चिठ्ठाको परिणाम सार्वजनिक भएको हो।
मंगलबार राति नेपाली समयअनुसार राति ९:४५ बजेदेखि डिभी चिठ्ठाकाे नतिजा हेर्न सकिनेछ।अमेरिकाको इडिटी समयअनुसार यो नतिजा मंगलबार मध्यानपछि सार्वजनिक भएको हो।
इडिभी कार्यक्रमअन्तर्गत फर्म भरेकाहरुको डिभी चिठ्ठा नतिजा युएस डिपार्टमेन्ट अफ स्टेटको काउन्सुलर अफेयर्सले सार्वजनिक गरेको हो। यो कार्यक्रम अन्तर्गत अमेरिकाले नेपालसहित विभिन्न मुलुकबाट ५० हजार आप्रवासीलाई कानुनी रुपमा अमेरिका भित्र्याउने गर्दछ। अमेरिका बसाइँ सराइ गर्न नेपालीहरु पनि डिभी कार्यक्रममा सहभागी हुँदै आएका छन्।
कसरी चेक गर्ने डिभीकाे नतिजा?
डिभीको नतिजालाई काठमाडौंका डिभी भर्ने एजेन्सीहरुले निकै ठूलो विषयको रुपमा उठाएर पैसा समेत असुल्ने गरेका छन्। ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन। डिभी भर्नेहरुले सोझै https://www.dvlottery.state.gov मा गएर आफ्नो नतिजा हेर्न सक्छन्।
काठमाडाैंस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै डिभी विजेताकाे जानकारी दिन दूतावासले कुनै किसिमकाे पनि इमेल नपठाउने स्पष्ट पारेकाे छ। अमेरिकी दूतावाससहित अमेरिकी सरकारसँग मिल्दाजुल्दा फेक इमेल अाइडीबाट डिभी विजेतालाइ गलत सूचना दिने र पैसा असुल्ने कार्य बढेकाे देखिएपछि दूतावासले यस्ताे सूचना जारी गर्दै सबैलाइ सजग गराएकाे हाे।
याे नतिजा प्रारम्भिक मात्रै हो
मंगलबार राति सार्वजनिक भएकाे डिभीको परिणाम प्रारम्भिक हो। यसमा नाम छनौट हुँदैमा अमेरिका जान पाइहालिँदैन। यो पहिलो चरणको प्रक्रिया पार गर्नु मात्र हो। यसमा छनौट भएकाहरुले दोस्रो फर्म भर्ने एवं अमेरिकी दूतावासले भिसा नदिएसम्म डिभी पर्नेहरुको अमेरिका बसाइँ सराइ निश्चित हुँदैन। धेरैलाई दोस्रो फर्मको सूचना आउँदैन। त्यसैले डिभीको पहिलो परिणाममा छनौट भएकै भरमा नेपालमा आफूले गर्दै आएको पेशा, व्यवसाय त्याग्नु हुँदैन।
प्रकाशित मिति : मंगलबार, जेष्ठ १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्