श्रद्धा र कृतिले नमाानेपछि परिणितीसँग सिद्धार्थको रोमान्स

श्रद्धा र कृतिले नमाानेपछि परिणितीसँग सिद्धार्थको रोमान्स

नायक सिद्धार्थ मल्होत्राको स्टारडम अहिले नाजुक स्थितीमा छ । उनका हरेक चलचित्र असफल हुँदा उनलाई बलिउडमा टिक्न धौ-धौ पर्न थालेको छ । सायद, यसैले पनि होला केही नायिकाहरुले उनीसँग चलचित्र खेलेर जोखिम मोल्न चाहिरहेका छैनन् ।

निर्मात्री एकता कपुरले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘सटगन सादी’मा सिद्धार्थ कपुर फाइनल भैसकेका छन् । यो चलचित्रका लागि सिद्धार्थको जोडीको रुपमा नायिका परिणिती चोपडालाई पनि फाइनल गरिएको छ ।

तर, एकता कपुरले परिणितीलाई सुरुमै रोजेकी भने होइनन् । उनले, सुरुमा यो चलचित्रका लागि नायिका श्रद्धा कपुरलाई अफर गरेकी थिइन् । तर, श्रद्धाले कथा पढेर पनि चलचित्रमा काम गरिनन् ।

यस्तै, यसपछि एकताले सिद्धार्थको जोडीको रुपमा नायिका कृति सेननलाई अफर गरिन् । कृतिले समयको कारण देखाउँदै चलचित्रमा काम गरिनन् ।

यसपछि, नायिका परिणिती चोपडालाई अफर गरियो । उनले भने कथा निकै मन परेकाले काम गर्न तयार भएको बताइन् । श्रद्धा र कृतिले सिद्धार्थको घट्दो क्रेजका कारण काम गर्न नमानेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij