छुट्टीमा घाम तापिरहेकी हट प्रियंका

छुट्टीमा घाम तापिरहेकी हट प्रियंका

बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला भने आफ्नो परिवारसहित बेवर्ली हिल्समा छुट्टी मनाइरहेकी छन् । उनले आफ्नो परिवारसँग बिताएका पलहरुको तस्वीर हालै इन्स्टाग्राममा सेयर गरिन् ।

तीमध्ये एउटा तस्वीर यतिबेला भाइरल भएको छ । उक्त तस्वीरमा प्रियंका रातो रंगको मोनोकिनी लुकमा देखिएकी छिन् । वान पिस स्वीमसुटमा उनको हटनेस गज्जबले छचल्किएको छ ।

फुटोनमा सुतेर घाममा आफूलाई सुकाइरहेकी प्रियंकाको यो अवतारले जस्तोसुकै शान्त हृदयलाई पनि अस्थिर बनाउन सक्छ । मोनोकिनी बिकिनी, फुलवाला सर्ट र टाउकोमा ह्याटका साथ उनी असाध्यै खुलेकी छिन् ।

प्रियंकाको स्टारडम यतिबेला बलिउडमा मात्र सिमित छैन । उनले हलिउडमा समेत आफ्नो स्थान बनाइसकेकी छिन् । लोकप्रिय अमेरिकी टिभी शो क्वान्टिकोको तेस्रो सिजनको सुटिङ सिध्याएर उनी चाँडै भारत फर्किने छिन् र सलमान खानसँगको फिल्म ‘भारत’ मा व्यस्त हुनेछिन् । पछिल्लोचोटि उनी तीन वर्षअघि हिन्दी फिल्म जय गंगाजलमा देखिएकी थिइन् । भारतीय दर्शकहरु उनको कम ब्याकको प्रतीक्षामा छन् ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij