साढे २ करोड नक्कली नेपाली नोटसहित ६ जना पक्राउ

साढे २ करोड नक्कली नेपाली नोटसहित ६ जना पक्राउ

काठमाडौं । प्रहरीले २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ । खाजा खाएर बिल तिर्ने क्रममा नक्कली नोटको आशंकामा खाजा सञ्चालकले प्रहरीलाई खबर गरेपछि सुर्खेतका महेन्द्र बोगटी पक्राउ परेका थिए । उनैले दिएको सूचनाका आधारमा सुजित तामाङ र साजन तामाङको कोठामा खानतलासी गर्दा प्रहरीले ७ लाख ४३ हजार रुपैयाँ बरामद गरेको थियो ।

त्यसैगरी तेजेन मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठमा खानतलासी गर्दा २करोड ५२ लाख बरामद भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको बागबजारमा रहेको छापाखानामा पैसा छाप्ने काम भएको प्रहरीले जनाएको छ ।

नक्कली नोट बजारमा होटलमा पैसा तिर्दा, यौनकर्मीहरुले प्रयोग गर्ने, जुवा खेल्न प्रयोग हुने, लागु औषध कारोबारी र सक्कलीमा मिसाएर दिने गरेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन कुमार थापाले जानकारी दिए ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij