एकैदिन ९४ आरोही सगरमाथाको शिखरमा, कामीरिताको विश्व कीर्तिमान

एकैदिन ९४ आरोही सगरमाथाको शिखरमा, कामीरिताको विश्व कीर्तिमान

सोलुखुम्बु : सगरमाथा आरोहणको बुधबार चौथो दिन एकैपटक करिब एक सय जनाले शिखरको चुचुरोमा पाइला टेकेका छन्। विभिन्न आरोहणदलबाट गएकाहरूले फरक–फरक सयममा एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

आरोहणको तेस्रो दिन मंगलबार मौसम प्रतिकूलताका कारण कुनैपनि आरोहण नभएपनि चौथो दिन अर्थात बुधबार मौसममा सुधार आएसँगै आरोहण सफल भएको सम्पर्क अधिकृत श्रेष्ठको भनाइ छ। बैशाख ३० देखि आरोहण सुरु भएको थियो।

पहिलो दिन बाटो निर्माण गर्दै गएका ८ जना शेर्पा गाइडले एकैपटक शिखर चुमेका थिए। यस्तै, दोस्रो दिन विभिन्न समूहबाट गएका ३९ जना आरोही शिखरमा पुगेका थिए। सम्पर्क अधिकृत श्रेष्ठका अनुसार तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै आरोहण भएन ।

तर चौथो दिन भने ९४ जनाले आरोहण गर्न सफल भएका छन्। कामीरिताको विश्व कीर्तिमान आरोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। शेर्पाले यो सिजनसहित २२ पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर नयाँ विश्व कीर्तिमान कायम राख्न सफल भएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

कामीरिताले आरोहणको चौथो दिन
बुधबार बिहान ८ः३० बजे सगरमाथाको सफल आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठले बताए। कामीरिताले यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेका आप्पा शेर्पाको विश्व कीर्तिमानी तोडेका छन्।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा जन्मेका ४८ वर्षीय कामीरिताले सन् १९९२ देखि सगरमाथा आरोहण सुरु गरेका हुन्। उनले सन् १९९४ मे १३ मा सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए।

प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij