अमिताभका ३० मिलियन फलोअर्स

अमिताभका ३० मिलियन फलोअर्स

७५ वर्षको उमेरमा पनि फिल्ममा फरक–फरक भूमिका निभाएर दर्शकको मन जित्न सफल बलिउड महानायक अमिताभ बच्चनले एक नयाँ रेकर्ड बनाएका छन् ।

सामाजिक सञ्जालमा सक्रिय रहने अमिताभ बच्चनको फेसबुकमा फलोअर्सको संख्या ३० मिलियन (३ करोड) नाघेको छ ।

फेसबुकमा ३० मिलियनभन्दा ज्यादा फलोअर्स भएको जानकारी उनी आफैँले दिएका हुन् । अमिताभले केही तस्बिरसहित लेखेका छन्, ‘फेसबुकमा ३० मिलियन फलोअर्स ! तपाईंहरूको यो प्रेमका लागि धन्यवाद !’

ट्विटरमा उनका ४३ मिलियन (३ दशमलव ४ करोड)भन्दा बढी फलोअर्स छन् भने इन्स्टाग्राममा ८ मिलियनभन्दा धेरै फलोअर्स रहेका छन् । हालै उनको ‘१०२ नट आउट’ फिल्म रिलिज भएको थियो । उक्त फिल्ममा अमिताभ र ऋषि कपुरले २७ वर्षपछि स्क्रिन सेयर गरेका थिए ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij