काठमाडाैँ । नायिका निशा अधिकारी आमा बनेकी छिन् । उनले फेसबुकमा आफ्नो नवजात शिशु ‘युभन निशारद’को तस्बिर पोस्ट गर्दै छोराको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेकी छिन् ।
नायिका अधिकारी र क्रिकेटर शरद भेषवाकरको सन्तानका रूपमा युभन निशारद शुक्रबार अमेरिकाको एक अस्पतालमा जन्मिएका हुन् । निशा पहिलोपटक आमा बनेकी हुन् ।
‘परिवारमा नयाँ सदस्य थपिएकोमा निकै खुसी लागेको’ निशाले उल्लेख गरेकी छिन् । निशाले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ रिलिज भएलगत्तै निशा अमेरिका उडेकी थिइन् । यसअघि उनले बढ्दै गएको पेटको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेकी थिइन् ।
अमेरिकामा सन्तानलाई जन्म दिएमा उसले त्यहाँको नागरिकता पाउने र त्यही आधारमा पूरै परिवार अमेरिकामा बस्न पाउने व्यवस्थाका कारण निशाले अमेरिका पुगेर सन्तान जन्माएको अड्कल गर्ने धेरै छन् ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्