थर परिवर्तन : केही दिनअघि व्यापारी प्रेमी आनन्द आहजासँग बिहे गरेकी अभिनेत्री सोनम कपुरले बिहेलगत्तै आफ्नो थर बदलेकी छिन् । सोनमले सामाजिक सञ्जालमा आफ्नो नाम सोनम के आहुजा राखेकी छिन् । पतिलाई प्रेम र सम्मान स्वरूप उनले त्यसो गरेको बताइन्छ ।
हातमा मंगलसुत्र : मंगलसुत्र घाँटीमा नै लगाइने गरिन्छ । तर, सोनमले भने मंगलसुत्र घाँटीमा होइन कि हातमा बाँधेकी छन् । आमयुवती सोनमलाई फेसन आइकन मान्ने गर्छन् । उनले नयाँ प्रयोग स्वरूप हातमा मंगलसुत्र बाँधेकी हुन् । अब हेर्नुछ, कति दुलहीले हातमा मंगलसुत्र बाँध्नेछन् ।
हनिमुन होइन कान्समा : ८ मेमा मुम्बईमा बिहे गरेकी सोनम हनिमुन मनाउन कतै गइनन् । प्रायः नवविवाहिता जोडी हनिमुन मनाउन कुनै नौलो ठाउँमा जाने गर्दछन् । तर, सोनम भने बिहेको तीन दिनपछि नै कान्स फिल्म फेस्टिबलमा सहभागी हुन फ्रान्स उडिन् । व्यस्त सेड्युलका कारण सोनम र आनन्दले अझै केही महिना हनिमुन मनाउन नपाउने बताइन्छ ।
लन्डनमा फ्ल्याट : हल्ला थियो कि बिहेपछि सोनमले मुम्बई मात्र होइन, देश नै छाड्छिन् । अन्ततः त्यो कुरालाई बल मिलेको छ । भारतीय मिडियाका अनुसार सोनम र आन्नदले बिहेअगाडि नै लन्डनको नाइटिंगेल हिलमा एउटा फ्ल्याट किनिसकेका छन् । उनीहरू केही समयपछि त्यहाँ गएर बस्ने योजनामा छन् ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्