योगासन गर्न जाँदा दक्ष प्रशिक्षककहाँ बुझेर मात्रै गरौं

योगासन गर्न जाँदा दक्ष प्रशिक्षककहाँ बुझेर मात्रै गरौं

काठमाडाैं । आजभोलि योगलाई रामदेव पनि भन्ने गरेको पाइन्छ । तर, यसले योगप्रतिको बुझाइमा भने अलिकति भ्रम पर्छ कि भन्ने हो । यो वैदिककालदेखि नै थियो । कुनै कालखण्डमा आएर कम भएको हो । त्यसलाई कसैले निरन्तरता दिँदा नयाँ पुस्तामा उसैले सुरु गरेको भन्ने लाग्नु स्वाभाविक पनि हो ।

योग भनेको जीवनशैली हो । यसले मानिसलाई सकारात्मकतासँग जोड्छ । मानसिक, शारीरिक, भावनात्मक र आत्मिक पक्षलाई एकैसाथ सक्रिय बनाउँछ । योगासन योगभित्रको एक आसन हो । यो निश्चित समयभित्र सिक्ने भन्ने हुँदैन । जीवनभर सिक्दै जाने हो । यो जीवनको हरेक पक्षसँग जोडिएको हुन्छ । हामीले परम्परागत अभ्यासलाई ध्यान दिएर गर्न जरुरी छ ।

सामान्य बुझाइमा योग फिजिकल फिटनेसका लागि गरिने एक्सरसाइज हो भन्ने छ । तर, यति मात्र होइन । योभन्दा धेरै हो । योगाले बडी, माइन्ड, इमोसनमा भएका बिकार, अप्ठ्यारोपनलाई हटाउन मद्दत गर्छ ।

अभ्यास गर्दै जाँदा हाम्रो शक्ति, अंगप्रत्यंगहरू स्वास्थ्य र सक्रिय हुन्छ । हाम्रो सत्यानन्द पद्घतिअनुसार योगा गर्ने विभिन्न स्तर हुन्छ । यो पद्घतिअनुसार आसनहरू गर्दा खाली शारीरिक रूपमा मात्र नभएर मन र भावनामा पनि प्रभाव पर्छ । मनोवैज्ञानिक र आध्यात्मिक भइन्छ ।

सूक्ष्म आसन भनेको जोर्नीका लागि गरिने योग अभ्यास हो । यसलाई योगाको प्रमुख कडी मानिन्छ । त्यसपछि पेट, ढाड, आँखालगायतका लागि १२ वटा आसन हुन्छ । योगा गर्ने व्यक्तिको आवश्यकताअनुसार योग आसन गराइन्छ ।

अहिले टिभीमा हेरेर योगा गर्ने प्रचलन पनि बढेर गएको छ । तर, यसो नगर्न म सुझाब दिन्छु । टिभीमा हेरेर गर्दा वान वे माध्यम हुने हुँदा शरीरलाई आवश्यकता पर्ने योगा आसन बुझ्न सकिँदैन । जसले गर्दा नकारात्मक असर पर्न सक्छ । योगा गर्नुअघि हामी व्यक्तिगत अध्ययन गर्छौं ।

जोकोही योगासन गर्न जाँदा दक्ष प्रशिक्षककहाँ राम्रो बुझेर मात्रै जान आग्रह गर्छु । दक्ष प्रशिक्षकले तपाईंको स्वास्थ्यको शारीरिक अवस्था बुझेर मात्रै आसन सिकाउँछ ।

जस्तो ढाड दुखेर योगा गर्न जानुहुन्छ भने किन ढाड दुखेको छ भनेर डाक्टरको रिपोर्ट हेर्छौं । ढाड विभिन्न कारणले दुख्छ । नसा च्यापिएर, नसा तर्किएरलगायत विभिन्न कारण हुन सक्छ । त्यस्तो अवस्थामा एकैखालको आसनले हुँदैन । यसले समस्या झन् जटिल बनाउन सक्छ ।

त्यसैले योगासन गर्दा दक्ष प्रशिक्षककहाँ नै जानुपर्छ । त्यसका लागि १० दिनको मात्र पनि प्रशिक्षण लिन सकिन्छ । दक्ष प्रशिक्षकको सिकाइमा १० दिन सिकेपछि आफैँ गर्न सकिन्छ ।

योगासन गर्न चाहनेको शारीरिक अवस्था नबुझी भन्न नसकिने अवस्था हुन्छ । सामान्य स्वास्थ्य भएको व्यक्तिले कम्तीमा आधा घन्टादेखि एक घन्टासम्म गर्न सकिन्छ । दक्ष प्रशिक्षकको प्रशिक्षणमा रहेर योगा गर्दा १५ दिनदेखि प्रभाव महसुस गर्न सकिन्छ ।

प्रेमानन्द (शिव बस्याल), योग प्रशिक्षक

प्रकाशित मिति : आइतबार, जेष्ठ ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij