बलिउड नायिका दिशा सलमानसँग नजिकिदै, जोडीको रुपमा ऋतिक आउने

बलिउड नायिका दिशा सलमानसँग नजिकिदै, जोडीको रुपमा ऋतिक आउने

बलिउड नायिका दिशा पटानीको भाग्य खुल्दैछ भनेर वुझ्दा फरक पर्दैन । ‘वागी २’ सुपरहिट भएपछि दिशा अहिले धेरै निर्माताको आँखामा परेकी छिन् । यसैले पनि उनलाई ठूला ठूला स्टारहरुसँग काम गर्ने अवसर मिलिरहेको छ ।

चलचित्र ‘भारत’मा नायिका पटानीले बलिउडमा सुपरस्टार नायक सलमान खानसँग काम गर्ने फाइनल भैसकेको छ । दिशालाई सलमानले ट्विटरमार्फत यो प्रोजेक्टमा स्वागत समेत गरिसकेका छन् ।

अब, दिशाले सलमानपछि अर्का सुपरस्टार नायकसँग काम गर्ने फाइनल भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । रोहित धवनले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा बलिउडका सुपरस्टार नायक ऋतिक रोशनले काम गर्दैछन् । अब, यो चलचित्रका लागि रोहितले ऋतिकको जोडीको रुपमा दिशालाई फाइनल गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

चलचित्रका निर्माता साजिद नाडियाडवाला यो चलचित्रलाई सन् २०१९ मा रिलिज गर्ने सोचमा छन् ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij