फिलिपिन्समा आर्यन र साम्राज्ञीको रोमान्स !

फिलिपिन्समा आर्यन र साम्राज्ञीको रोमान्स !

काठमाडौं : फिल्म ‘कायरा’को रोमान्टिक गीत रिलिज भएको छ। बिहीबार युट्युबमार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक ‘सुखमा’ बोलको गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने केतन क्षेत्रीले स्वर दिएका छन्। प्रविण सिंहको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य कलाकार आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह फिचरिङ छन्। फिलिपिन्सको समुन्द्री किनारमा खिचिएको भिडियोमा आर्यन र साम्राज्ञी निकै रोमान्टिक देखिएका छन्। उनीहरुको जोडी पनि सुहाएको छ।

साउन १८ बाट प्रदर्शनमा आउने फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका छन्। लक्ष्मणकै लेखन रहेको फिल्ममा आर्यन र साम्राज्ञीसँगै शिशिर राणा, हितेश शर्मा, सुरेश न्यैपाने, मरिषा श्रेष्ठलगायतको अभिनय रहेको छ। लक्ष्मण रिजालको लगानी रहेको फिल्ममा दिनेश थापा र दिवश पराजुली सह-निर्माताका रूपमा रहेका छन्।

आर्यन सिग्देलको प्रस्तुति रहेको फिल्ममा अर्जुन पोखरेल, कल्याण सिंह र कोशिस क्षेत्रीको संगीत, प्रविण सिंहको नृत्य निर्देशन रहेको छ। शिवराम श्रेष्ठले खिचेको फिल्मलाई वनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन्।

 

प्रकाशित मिति : शुक्रबार, असार २९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij