यी हुन् प्रदेश ५ का धार्मिक पर्यटकीय गन्तव्य

ध्रुवशरण ढुंगाना / आइतवार, मंसिर २, २०७५

देश तथा प्रदेशको उन्नतीको लागि आन्तरीक तथा वाह्य पर्यटनको विकास गर्न हाम्रो जस्तो भौगेलिक सुन्दरताले सिंगारिएको देशको लक्षनै सर्वोत्तम हुन्छ । यस्ता पर्यटनहरुमा धार्मिक पर्यटन तथा तिर्थ यात्राको पनि निकै महत्व छ ।

संसारमा आफ्नो –आफ्नो धर्मिक गन्तव्य स्थलमा एकाचोटि पुग्ने सवैको चाहन तथा इच्छा हुन्छ । संसारका सवै हिन्दूहरुले पूजागर्ने हिन्दूधर्मकै आरध्य सालिग्राम पाईने देश हाम्रो देश नेपालमात्र हो ।
संसारमा सबैभन्दा धेरै धार्मिक पर्यटकबाट आम्दानी गर्ने दक्षिण भारतको बालाजी मन्दिर हो । जसले दैनिकरुपमा करिव साढे २ करोड आम्दनी गर्ने गर्दछ । यसको हिसावलाई हेर्दा पनि हाम्रो देशमा पनि कालिगण्डकी तथा सालिग्रामको बिश्व भरिका हिन्दूहरुमा प्रचार प्रसार गर्न सके धार्मिक पर्यटक भित्र्याई संमृद्ध वन्न सक्छौ ।

हाम्रो देशमा धार्मिक पर्यटनको अपार सम्भावना हुदा हुदै पनि यसले तिब्र गति लिन सकीरहेको छैन । अव त देश संघीय संरचनामा गैसकेछ अव आफ्नो प्रदेशको प्राचिन धरोहर हरुको पहिचान गरी त्यसको प्रचार प्रसार गर्न प्रदेशले पनि कम्वर कसेर लाग्नु पर्ने हुन्छ । नेपालमै संभवत धेरै विदेशी धाार्मिक पयटक भित्रयाउन सक्ने प्रदेश पाँच नम्वर प्रदेश हो ।

पाँचनम्वर प्रदेशमा धेरै वुद्ध तथा हिन्दू प्राचिन धार्मिक धरोहर हरु संरक्षणको पखाइमा छन् । यो प्रदेशमा नवलपरासीको वर्दघाटसुस्ता पश्चिम देखि वर्दियाको राजापुर सम्म अनेकौ धार्मिक प्रचिन धार्मिक धरोहर रहेका छन् ।

महामानव गौतमवुद्ध संग जोडिएका धेरै स्थल परासी देखि कपिलवस्तु सम्ममा प्रचार प्रसार गर्नसके धार्मिक पर्यटकहरुको मनलाई मोहित गर्न सफल हुनसकिन्छ । पाँचनम्वर प्रदेश वौद्धधमाबलम्वीको लागि धार्मिक गन्तव्यत छदैछ, यो प्रदेशमा हिन्दूधर्मावलम्वीको लागि पनि धेरै मन्दिर तथा धार्मिक गन्तव्य छ ।

परासी जिल्लाको पाल्ही भगवतीको मन्दिर , रामग्राम स्तुप , रुपन्देही देवदहको पाकरी बृक्ष , सैनामैनाको वोलवंम धाम, रुपन्देहीकै महामानव वुद्धको जन्मस्थल लुम्विनी, पाल्पाको शिद्धवावा मन्दिर , भैरवनाथ मन्दिर , ताँहुको रम्वादेवि स्थान, गुल्मी र पल्पाको सिमानमा रहेको रुरुक्षेत्र रिडीधाम , गुल्मीको रेसुङ्गा, अर्धाखाँचीको सुपादेउराली , पाणिनी ऋषिको तपस्थली पाणिनी गुफा , कपिलवस्तुको तिलौराको कोट दरवार, तौलिहवाको तौलेश्वर महादेव मन्दिर , दाङ्गको धारापानी पाण्वेश्वर महादेव मन्दिर, रोल्पाको जलजला, रिहारको बगारवावा मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, नेपालगञ्जको वागेश्वरी मन्दिर, वर्दियाको ठाकुरद्वारा मन्दिर आदि प्रमुख दर्शनीय स्थलहरु रहेका छन् ।

पाल्ही भगवती नवलपरासी
नवलपरासीको पाल्हीनन्दन गाउपालिकामा अवस्थित पाल्ही भगवती मन्दिर तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुअघि पाल्पाका सेनवंशी राजाहरुको अधिनमा रहेको थियो ।
यो मन्दिरमा सेनवंशी राजपरम्पराकी कुल देवी पाल्ही भगवतीको स्थापना भएको थियो ।
नवलपरासी जिल्लाको सदरमुकाम परासी वजार देखि आठ किलोमिटर परासी महेशपुर मार्गको दाहिने भागमा पाल्ही भगवती मन्दिर अवस्थित रहेको छ । पाल्ही भगवती मन्दिर दर्शनको लागि जिल्लाका अतिरिक्त अन्य जिल्ला तथा भारतबाट पनि श्रद्धालु हरु आउने गर्दछन् ।
लामो समयदेखि उचित प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको यस पाल्ही भगमती मन्दिरलाई प्रचारप्रसारमा ध्यान दिइएमा यस क्षेत्रको धार्मिक पर्यटनको विकास गर्न सकिने छ ।

पर्रोहा धाम
पाँच नम्वर प्रदेशको रुपन्देही जिल्लामा बिभिन्न धार्मिक तथा पर्यटकीय स्थल हरु रहेका छन् । यस्ता पर्यटन स्थलले गर्दा रुपन्देही जिल्ला नेपालमै चिनिने गरेको छ ।
यी धार्मिक तथा पर्यटकीय स्थलले वाह्य तथा अन्तरिक पर्यटको मन रुपन्देही तिर खिचिरिहेको छ । धार्मिक होस या अन्य तिनका आ–आफ्नै महत्व र बिशेषता पनि रहेको पाईन्छ । यस्तै धार्मिक पर्यटकीय स्थलको रुपमा चिनिएको पर्रोहा परमेश्वर वोलवंमको नाम पनि अग्रणिय स्थानमा नै रहेको छ ।
गौतम वुद्धको जन्मस्थल लुम्बिनी देखि २२ कि. मि. उत्तर चुरेपहाडको काखमा रहेको सैनामैना नगरपालिकाको वडा नं. १ मा धाम अवस्थित छ । अहिले धामले पशुपतिनाथ पछिको पश्चिम क्षेत्रकै पशुपति नामले पहिचान वनाउदै गएको छ ।

यहाँ पशुपतिनाथमा जस्तै दिनको तीन समय पूजन आरती हुने गर्दछ । पशुपतिनाथ पछिको नेपालमा तीन समय पूजा आरति हुने धाम पर्रोहा बोलबंम हो । धाममा श्रावणमा एक महिना बिशेष रुपले मेला लाग्ने गर्दछ ।

टाढाँ–टाढाँ वाट श्रद्धालुको घुईचो लाग्ने गर्दछ । नेपालमै विधिवत बोलबंम जलयात्राको सुरुवाद गर्ने धामको रुपमा परिचित छ । धामले समिति गठन गरेर हरबर्ष बोलबंम जलयात्रा चलाउने गर्दछ ।
। धामको आफ्नै स्वमित्वमा १ विघा १२ कठ्ठा जग्गा रहेको छ ।
घामको शिव लिङ्ग कसैले नवनाई स्वयम उत्पति भएको जनबिश्वस छ
यो ठाउँमा पुग्न बुटवल वजार देखि करिव १० कि. मि. पश्चिम पूर्व पश्चिम राजमार्गको रानीवगिया भन्ने ठाउँ बाट झण्डै २ कि. मि. दक्षिण तर्फ जानुपर्ने हुन्छ ।
पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग धामको नाममा नेपाल सरकारले हुलाक टिकट पनि जारी गरिसकेको छ ।
यस्ले गर्दा पनि धामको बिकस मा अझै टेवा पुगेको छ । धामले प्रत्यक्ष रुपमा धार्मिक पर्यटनको भूमिका खेल्दै आइरहेको छ । बोलबम धाम लाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकासगर्न सके तिर्थयात्राका तथा वोलवंमका नाममा हरेकौ बर्ष भारत तर्फ जाने असख्यक श्रद्धालु तथा करोडौ रकम रोक्न सकिन्छ ।

लुम्बिनी
पाँचनम्वर प्रदेशको धार्मिक पर्यटनको हव हो लुम्विनी, लुम्बिनीले नेपाललाई नै बुद्धको देश भनेर चिनाएको छ ।
यहाँ हरेक दिन हजारौको सख्यामा विदेशी तथा स्वदेशी पर्यटक आउने गर्दछन् । लुम्बिनीले मात्रै पनि पाँच नम्वर प्रदेशलाई समृद्ध बनाउन सकिन्छ । यो ठाउँमा भगवान गौतम वुद्ध जन्मिएका थिए । संसार भरिकै वौद्धमार्गिको आगमन स्थल रहेको लुम्बिनी विश्व सम्पदा सूचिमा पनि सुचिकृत रहेको छ ।

लुम्बिनीमा मौर्य सम्राट असोकले स्थापना गरेको प्राचिन असोक स्तम्भ पनि रहेको छ । यहाँ अलग–अलग शैलिमा वनेका वुद्ध विहार रहेका छन् ।

सिद्धबाबा धाम पाल्पा
रुपन्देही र पाल्पाको सिमानामा नजिकै पाल्पाको तिनाउ गाउँपालिकामा रहेको सिद्धवावा धामले पनि निकै धार्मिक पर्यटको मनलाई आकर्षित गरिरहेको छ ।
सिद्धार्थराजमार्गको छेउमै अवस्थित यो मन्दिर प्राकृतिक संपदाले पनि सिङ्गारीयको छ ।
यो ठाँउमा भतृहरिले तपश्या गरेको जनश्रुति पनि रहेको छ । यस मन्दिरमा दर्शन तथा पूजाको लागि जिल्ला तथा अन्य जिल्लाका साथै छिमेकी राष्ट्र भारतवाट पनि श्रद्धालु हिन्दू धर्मानुरागीहरु आउने गरेका छन् ।
यो प्राचिन इतिहास वोकेको मन्दिरको प्रचार प्रसारमा अझै तीव्रता दिनसके धार्मिक पर्यटनमा टेवा पुग्ने देखिन्छ ।

पाल्पाको भैरव मन्दिर
पाल्पाको भैरवनाथ मन्दिर जिल्लाको सदरमुकाम तानसेनवाट करिव ९ किलोमिटर पश्चिममा अवस्थित छ ।
नवरात्र, वैशाख तथा मंसिरमा बढी भीड लाग्ने गरेता पनि अहिले भने बाह्रै माष मन्दिरमा पूजाआजा गर्न श्रद्धालु एवं अवलोकनका निम्ति आउने पर्यटकको संख्या बढ्दो छ ।
यसठाउँबाट विभिन्न हिमालयको दृश्य अवलोकन गर्न सकिने भएको हुँदा पर्यटकको आकर्षणको केन्द्र विन्दू बन्दै गएको हो । देशका सवै जसो जिल्लावाट यहाँ धार्मिक आस्था लिएर श्रद्धालु पुग्ने गर्दछन् भने वहिरी देश चीन, भारत, अमेरिका, जापान, लगायतदेशका बाह्य पर्यटक पनि अवलोकनका निम्ति आउने गरेका छन् ।

भैरवस्थानको मन्दिर पाल्पाका तत्कालीन सेन वंशीय राजा मणिमुकुन्द सेनले भैरवनाथ उत्पत्ति भएको ठाउँमा निर्माण गरेका थिए । यो मन्दिरमा मूर्ति हेर्ने चलन भने छैन काल भैरवको मूिर्त विकराल भएकाले प्राचीनसमय देखि मन्दिरका पुजारीहरुले समेत मूर्ति अगाडि लगाएको कालो कपडा बाहिरबाटै पूजा गर्ने गर्दछन् ।
भैरवलाई वली दिने प्रचलनछ भने मन्दिरमा माना पाथीको चामलको पीठोको रोट प्रसाद स्वरुप चढाउने प्रचलन पनि छ ।
पाँच नम्वर प्रदेशको पाल्पाको यस मन्दिरले जिल्लाको धार्मिक तथा पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आयको थियो भने अव प्रदेश स्तरीय धार्मिक पर्यटनको विकासको लागि अहम भूमिका खेल्ने छ

चारधाममध्यको एक धाम रुरुक्षेत्र
पाल्पा, गुल्मी ,र स्याङ्जाको सिमानामा रहेको रिडी धाम निकै प्रचिन धाम हो । संसारकै हिन्दूहरुको आराध्य बिष्णुस्वरुप शालिग्राम वग्ने नदी कालीगण्डकीको किनारमा अवस्थित रहेको यो रुरुक्षेत्रको नामले पनि चिनिन्छ ।
याहाँ रुरुकन्याले तपश्यागरेको कारण रुरुक्षेत्र भएको शास्त्रीय प्रमाण पनि रहेको छ । योठाँउमा पाल्पा तर्फ राजा मणिमुकुन्दले स्थापना गरेको प्राचीन हृषिकेश मन्दिर रहेको छ ।
यो मन्दिरमा विराजमान मूर्ति कसैले नवनाई राजा मणिमुकुन्दसेनलाई सपनामा देखिएको र कालीगण्डकी भित्र भएको सपनादेखे पछि उनले जाल हान्नलगाई निकालेर मन्दिर स्थापना गरी पूजा आरधना सुरु गरेको जनश्रुति छ ।
रुरुक्षेत्र नेपालका चारधाम मध्यको एक धाम हो । यो धाम क्षेत्रमा मधेसंक्रान्तिमा भव्यमेला लाग्ने गर्दछ भने नेपालका कुना–कुना तथा भारतवाट पनि श्रद्धालु हरु दर्शन तथा स्नानगर्न आउने गर्दछन् ।
सय प्राचीन धामको महिमा र कालीगण्डकीको महिमाको प्रचार प्रसार गरेर संसार भरिका हिन्दूहरुको आगमन थलो वनाउन सक्ने हो भने पाँचनम्वर प्रदेशले धार्मिक तथा पर्यटनको दिशाम राम्रो फड्को मार्न सक्छ ।

गुल्मीको रेसुङ्गा
रेसुङ्गा क्षेत्र धार्मिक तथा पर्यटकीय क्षेत्र पनिहो, गुल्मी जिल्लाको सदरमुकाम वाट नजिकै रहेको यो ठाउँ अतिनै रमणीय स्थान हो । प्रदेशमा आउने धर्मिकपर्यटक तथा अन्य दुवै पर्यटकलाई भुलाउन सक्ने ठाउँ छ रेसुङ्गा, रेसुङ्गाको डाँडामा ऋषिसृङ्गीले तपश्या गरेको कारण रेसुङ्गा नामाकरण हुन गएको किम्बदन्ती छ ।
यीनै ऋषिलाई लगेर राजा दशरथले अयोध्यामा पुत्रेष्ठी यज्ञ गरी रामचन्द्र जन्मिएको भन्ने उल्लेख रामायणमा पाईन्छ । त्यसैले यो तिर्थ अतिनै प्रचिन तिर्थ हो । रेसुङ्गा क्षेत्रमा मन्दिर, बिसाल प्राचिन यज्ञशाला, रामकुण्ड आदि दर्शनिय स्थलहरु रहेका छन् भने पर्यटनको लागि पनि भयिूटावर निर्माण भएको छ ।
डाँडावाट अन्नपूर्णा, धवलागिरी, माछपुच्छे« आदिको मनोहर दृष्य देख्न सकिन्छ । अहिले सम्म पनि यहाँ याता– यातको सुविधा पुग्न सकेको छैन । यो ठाँउलाई विकास र सहज पूर्वक पुग्नसक्ने वनाउने हो र यसठाँउको धामिर्क तथा तथा पर्यटकीय विषेशताको प्रचार प्रसार गर्ने लक्ष प्रदेश सरकारले अधिवढाउन सके असङ्ख्य पर्यटक भित्राउन सकिन्छ ।

सुपादेउराली
पाँच नम्वर प्रदेशको अर्घाखाँची जिल्लामा सुपादेउराली मन्दिर अवस्थित छ । यो मन्दिरमा दैनिक दर्शनगर्न आउने श्रद्धालुको घुईचो लाग्ने गर्दछ । यस मन्दिरमा पुग्नाले मनोकाँक्षा पुरा हुने विश्वास गरिन्छ ।
सोहि कारण पनि यसको महत्व दिन प्रतिदिन बढदै गएको देखिन्छ । आफ्नो मनकामना पुरा होस भनि भाकल गर्ने विभिन्न प्रकारका प्रसाद फलफूल, रातो फुलकोमाला, धजा, वस्त्र, चढाउने तथा पशु पक्षीको वलिपूजा दिने र परेवा उडाइ दिने व्यापक प्रचलन छ ।

गोरुसिङ्गेबाट ४७ किलोमिटर सन्धिखर्क जाने सडकको किनार तथा महाभारत श्रृखलाको ठूला ठूला पहाडको खाेंचमा प्रसिद्ध धार्मिक तीर्थ स्थल सुपादेउराली मन्दिर रहेको छ ।
प्राकृतिकसौन्र्दयले पनि सवै पर्यटकको मन लोभ्याउने यो मन्दिरलाई पनि प्रदेशको उच्च धार्मिक गन्तव्यको परुपमा विकास गर्नसके धार्मिक तथा पर्यटन प्रवर्धनमा टेवा पुग्ने देखिन्छ ।
साथै यो जिल्लामा अवस्थि संस्कृत व्याकरण अष्टाध्यायीका रचनाकर पाणीनि ऋषिको तपस्थलीको गुफालाई पनि प्रचार प्रसारमा ल्याउन सके विश्वका तमाम संस्कृतमा रुचिराख्ने हरुको गन्तव्य थलो वन्न सक्छ र धार्मिक पर्यटनको विकास हुन्छ ।

कपिलवस्तु तौलेश्वर तथा तिलौराकोट
कपिलवस्तु जिल्लाको तैलिहवा नगर अतिनै प्राचिन शहर हो । यहाँ नजिकै तिलौराकोट दरवारमा वुद्धकालिन प्रचिन भग्नावषेश हरुले पनि सवैको पर्यटको मन खिच्नको लागि पर्याप्त छ । भने इतिहास अध्येता हरुको अध्यान र खोजको स्थलको रुपमा पनि विकास गर्न सकिन्छ ।
धार्मिक पर्यटक हरुको लागि पनि योठाउँमा विभिन्न मठ मन्दिर तथा गुम्वा हरु रहेका छन् ।
कपिलवस्तुको सदरमुकाम तौलिहवाको विचभागमा रहेको तौलेश्वर शिवालय पनि अतिनै प्राचिन तथा दर्शनीय रहेको छ । यो शिवालयको मूर्तिकसैले नवनायर स्वयम भेटियको जन श्रुति छ । यो मन्दिरमा १९७४ साल पछिका घण्टहरु रहेका छन् ।


यो शिवलयमा नेपाल तथा भारतवाट पनि श्रद्धालुहरु दर्शन तथा पूजा आरधना गर्न आउने गर्दछन् । श्रावणमा पनि जल चढाउने हरुको मेला लाग्ने गर्दछ ।
यसको महिमा लाई जनमानसमा प्रचार प्रसारगर्न सके अझै धार्मिक पर्यटक भित्र्याउन सकिन्छ ।

स्वर्गद्वारी मन्दिर प्युठान
पाँचनम्वर प्रदेशको प्युठान जिल्लामा पर्ने स्वगद्वारी आश्रम धार्मिक पर्यटकहरुको मन खिच्ने स्थल खिच्ने स्थल हो ।
यो आश्रम पाहडी लेकमा अवस्थित छ । यहाँ बषेनि हजारौ श्रद्धालुहरु दर्शन र पूजा आरधना गर्न पुग्ने गर्दछन् । यो ठाउँमा बाह्रैमास यज्ञ चलिरहन्छ । पाठशाला , गौशाला, धर्मशाला, यज्ञशाला, देवमन्दिर हरु यसक्षेत्रमा दर्शनीय रहेका छन् ।


यसै ठाउँमा द्वापर युगमा पाण्डवहरुले यज्ञ गरेको भन्ने जनश्रुति रहेको छ । यो आश्रम तथा मठ मन्दिरहरुको स्थापना स्वामी हंसानन्द गिरिवाट भएको मानिन्छ ।
डाँडावाट टाढाँ–टाढाँको दृष्य अवलोकन पनि गर्न सकिन्छ । यो ठाउमा पुग्नको लागि पूर्वपश्चिमको लोक मार्ग देखि उत्तर लाग्नुपर्ने हुन्छ । दाङ्गको घोराही हुदै अथवा भालुवाङ्गवाट पनि जान सकिन्छ ।
प्युठानको खलङ्गावाट करिव २५ किलोमिटर पश्चिम उत्तरमा स्वर्गद्वारीलेक रहेको छ । यसरी धार्मिक आस्थाको केन्द्रविन्दु वन्दैगएको स्वर्गद्वारी मन्दिरमा पुग्नको लागि अव प्रदेश सरकार तथा स्थनीय निकयको समन्वयमा केवलकार सम्मको विकास गर्ने हो भने प्रदेशको धार्मिक पर्यटनमा वृद्धिहुने पक्का छ ।

जलजला क्षेत्र
कम्युष्ट आन्दोलनको थलो मानिन्छ जलजला क्षेत्र भने धार्मिक तथा पर्यटन क्षेत्रको रुपमा यस स्थानलाई विकास गर्न सकिन्छ ।
जलजलमा धार्मिक स्थान कैलु वराह, वजु वराह, र सहदे वराह भन्नेर पूज्ने गरिन्छ तीन ओटा मन्दिर समेत रहेका छन् ।
पहाडमा ऐतिहासिक गुफाहरु पनि रहेका छन्, तल तल पानीभए जस्तो लाग्ने हिड्दा जमिन हल्लने हुन्छ त्यसैकारण जलजला भनिएको जनश्रुति छ ।
यस ठाउँमा प्रत्येक बर्षको वैशाख, जेष्ठ र जनैपूणिमाको दिन मेलापनि लाग्ने गर्दछ जिल्ला तथा छिमेकी जिल्ला हरुबाट श्रद्धालु हरुको धुईचो लाग्ने गर्दछ । थवाङबाट चलावाङ र तिरिवाङ हुदै जलजला क्षेत्र पुग्न सकिन्छ । जलजला पहाड सामुन्द्रिक सतहबाट ३१९३ मिटरको उचाइमा रहेको छ ।
जलजला क्षेत्रमा लोपोन्मुख सेतो लालीगुरासका फूल पनि पाइन्छ । धार्मिक तथा पर्यटन दुवैको सभावना वोकोको रोल्पाको जलजला क्षेत्रलाई प्रचार प्रसार गरेर नेपालमा आएका पर्यटकलाई रोल्पा भित्र्याउने लक्ष अव प्रदेश सरकारको काधमा आएको छ ।

दाङको धारा पानी तथा पाण्डवेश्वर महादेव
दाङको धारापानी धार्मिक पर्यटनको लागि उपर्युक्त छ । संसारको सवै भन्दा आग्लो त्रिशुल यसठाउमा स्थापित गरिएको छ ।
त्रिशुलको आकारमा १ सय ८ बर पिपल स्वामी पनि रोपिएको छ । दाङको सदरमुकाम घोराहीबाट करीब ७ किलोमिटर दक्षिणमा रहेको धारापानी यस क्षेत्रको धार्मिक पर्यटकीय क्षेत्र हो । यहाँ हरेक वर्ष शिवरात्रीको दिन ५ दिनसम्म ठूलो मेला लाग्ने गर्दछ ।

योठाँउमा पाण्डवहरु स्वर्गजाने क्रममा घारापानीमा आएर वसेको र शिवलिङ्ग स्थापना गरेको किम्वदन्ती छ ।
यो क्षेलाई प्रचार प्रसारमा तिव्रता दिनसके पर्यटनको बृद्धि गर्न सकिन्छ । योठाउमा अहिले आन्तरीक तथा वाह्यपर्यटको पनि आगम भईरहेको छ ।

रिहारधाम
दाङको देउखुुरीस्थित सतबरीयामा पर्ने रिहारधाममा पनि निकै श्रद्धालुहरु आउने गर्दछन् ।
नेपाल तथा भारतको उत्तर प्रदेशको विभिन्न ठाँउवाट श्रद्धालु हरु आउने गर्दछन् । रिहारमा माघेसंक्रान्ति देखि एकहप्ता सम्म भव्य मेला लाग्ने गर्दछ ।
मेलालाई सही ढंगले ब्यवस्थापन गर्ने हो भने धार्मिक पर्यनटनको विकास का साथै आर्थिक उपार्जन गर्न सकिन्छ । रिहार धामको इतिहास झण्डै पाँच हजार वर्ष पुरानो रहेको बताइन्छ ।
द्वापर युुगमा ऋषिमुुनिहरूले विहार गरेको हुुँदा यस ठाउँको नाम ऋषीविहारबाट रिहार रहन गएको धार्मिक विश्वास रहेको छ । रिहारमा द्वापर युुगमा ग्वालाहरुले गाइ चराउने र गाइले बगारबाबालाई दुुध चढाउने गरेको किम्बदन्ति पनि रहेको छ ।
यो ठाँउमा बगारबाबा, तप्तकुण्ड, भगवान शिवको मन्दिर तथा अन्य मन्दिरहरु रहेकाछन् ।
एकसय हेक्टरको क्षेत्रफलमा फैलिएको यस क्षेत्र लाई समुचित विकास गर्नसके पाँचनम्वर प्रदेशको धार्मिक पर्यटनमा सहयो पुग्ने देखिन्छ ।

बागेश्वरी मन्दिर बाँके
नेपालगंज नगरको विचमा रहेको बागेश्वरी मन्दिर ऐतहासिक मन्दिर हो । यो ५१ शक्तिपीठ मध्यको एक पीठहो भन्ने पनि मानिन्छ । सतीमाताको मुख पतन भएको स्थानकोरुपमा यो मन्दिर लाई मानिदै आएको छ । सोहीकारण पनि यो मन्दिरको नाम बागेश्वरी नामाकरण भएको छ ।
यस स्थानमा दर्शनको लागि नेपाल तथा भारत वाट दैनिकरुपमा भक्तगणको घुईचो पनि लाग्छ । दुर्गानवमी, रामनवमी, फागुन पूर्णिमा,
शिवरात्रि, तीज को बेला यहाँ मेला पनि लाग्ने गर्दछ । मन्दिरको अगाडी कुण्ड पनि रहेको छ , यसको विचमा जुगाँ धारी महादेवको मूर्ति रहेको छ । तलाउको पानीले नुहाउनाले तथा धुनाले घाउ खटीरा, छालाका रोग निको हुने जनविश्वास छ । यो प्राचिन स्थानको अझै प्रचार प्रसारमा जोड दिन सके धार्मिक पर्यटन पाँचनम्वर प्रदेश भित्र्याउन सकिन्छ ।

बर्दियाको ठाकुरद्वारा
वर्दियाको सदरमुकाम गुलरीया देखि उत्तर पश्चिममा पर्ने ठाकुरद्वारा मन्दिर प्रचीन मानिन्छ ।
यसको स्थापना महाभारतकालमा भएको हो भन्ने जनश्रुति छ । योठाउँमा मन्दिर मा ठाकुर भनेर देवता पूज्ने चलन रहेको छ । याहाँको देवता लाई कृष्ण स्वरुपमानेर पूज्ने गरिन्छ ।
यहाँ रहेको हालको मन्दिर भने २०३७ सालमा वनेको हो योठाउँमा अन्य देवी देवताका मूर्ति तथा मन्दिरहरु पनि रहेका छन् ।
यहाँ माघेसंक्रान्तिमा भव्यमेला लाग्ने र भरतीय हरुपनि आउने गर्दछन् । पाँचनम्वर प्रदेशको अन्तिम कर्णली नदीको नजिकै रहेको यो धार्मिक गन्तव्यलाई लाई प्रचार प्रसारमा ल्याउन सके अवश्य लाभ हुने छ ।
अव देशमा संक्रमणकाल अन्तभएको छ, जनप्रतिधिको चयन तथा प्रदेश सरकारको गठनपनि भैसकेको छ ।
स्थानीय सरकारले आफ्नो ठाउँमा भएका धार्मिक पर्यटन क्षेत्रको पहिचान गरी प्रदेश सरकार समक्ष सहकार्य गर्ने र प्रदेश सरकारले केन्द्रवाट पनि प्रचीन धार्मिक पर्यटन हरुको विकासको लागि पर्यटक आउने वातावरण मिलाउने हो भने पर्यटनको विकासका साथ प्रदेश तथा देश समृद्धिको बाटोमा अघि बढ्ने छ ।