गाेबिन्द केसी अस्पतालमा भर्ना

गाेबिन्द केसी अस्पतालमा भर्ना

काठमाडाैँ : छातीको अत्यधिक दुखाइले डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन् । छातीमा दुखाइ बढेपछि सोमवार विहान उनलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक विभागको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।

विहान ४ वजे भर्ना गरिनुभएका डा केसीकाे रगत लगायतको चेकजाँच गरिएको छ यद्यपी रिर्पाेट भने आइनसकेको अस्पतालले जनाएको छ । डा.केसीलाई अस्पतालको २१५ नम्बर क्याबिनमा भर्ना गरिएको छ ।

उपचारमा संलग्न डा.अरुण सायमीका अनुसार छातिको दुःखाईमा सुरुमा इसिजी नर्मल आएपनि सचेत भएर निगरानी गर्नुपर्ने भएकाले अस्पताल भर्ना गरिएको हो ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ पटक सम्म अनसन बस्नुभएका केसीको अनसनरत छँदा मुटुमा केही समस्या देखिएको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर ३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij