सुनसरी : सुनसरीको दुहवीमा गोली प्रहारबाट घाइते फिदा हुसेनको मृत्यु भएको छ। बुधबार बिहान गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिए।
मोटरसाइकलमा आएका दुई जनाले इँटा भट्टा जाँदै गरेका हुसेनमाथि गोली प्रहार गरेका थिए। गोली प्रहारबाट घाइते उनलाई न्युरो अस्पताल विराटनगरमा उपचारका लागि लगिएको थियो।
इँटाभट्टा सञ्चालक खगेन्द्र श्रेष्ठका अनुसार २० वर्षदेखि सो इट्टा उद्योगमा कार्यरत हुसेनले उद्योगको सम्पूर्ण रेख देखगर्दै आएका थिए। गोली किन र कसले प्रहार गर्यो भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : बुधबार, मंसिर ५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्