दुहबी हत्या अपडेट : हुसेनको शब एक समूहले जबरजस्ती लग्यो

दुहबी हत्या अपडेट : हुसेनको शब एक समूहले जबरजस्ती लग्यो

सुनसरी : सुनसरीको दुहबीमा गोली प्रहार गरेर हत्या गरिएका ईटा उद्योगमा कार्यरत म्यानेजर ५४ वर्षीय फिदा हुसेनको शव अस्पतालबाट एक समूहले जबरजस्ती लगेको छ ।

गोली लागेर घाईते अवस्थामा अस्पताल लगेका उनलाई बिहान ७:२५ बजे हेुसेनलाई मृत घोषित गर्ने बित्तिकै एक समूहले जबरजस्ती शव लगेर गएको न्यूरो अस्पतालका निर्देशक रन्जित बस्नेतले जानकारी दिए ।

ईशीजी गरेर मृत घोषणा गर्ने बित्तिकै उक्त समूहले शव लगेको बस्नेतले बताए । उनका अनुसार हुसेनको देब्रे छातीमा गोली लागेको छ । यसरी मृत भएका व्यक्तिको पोष्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । यसबारे प्रहरीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

हेसेन दुहबी वडा नम्बर ९ का अध्यक्ष मेहन्दी हुसेनका भाइ हुन् । हुसेनलाई बुधबार बिहान ६:३० बजे मर्निङ्ग वाकको समयमा अज्ञात समूहले गोली प्रहार गरेको बताइएको छ । मोटरसाइकलमा आएका दुईजनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : बुधबार, मंसिर ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij