भाटभटेनीले सुपरमार्केटसँगै क्युएफएक्स हल चलाउने

भाटभटेनीले सुपरमार्केटसँगै क्युएफएक्स हल चलाउने

बुटवल । मुलुककै ठूलो रिटेल चेन भाटभटेनी सुपर मार्केटले क्युएफएक्स सिनेमा हल संचालनमा ल्याउने भएको छ । उच्च प्रविधिमा एउटै छातामुनि अत्याधुनिक २ वटा पर्दामा छुट्टाछुटटै फिल्म हर्ने मिल्ने सिनेमा घर निर्माण गर्न लागिएको भाटभटेनी सुपर मार्केटका व्यवस्थापक बिनोद भट्टराईले जानकारी दिए ।

भाटभटेनी सुपरमार्केट र रेगल सिनेमाबीच तीन मल्टिप्लेक्स निर्माणमा सहकार्य गर्ने सहमति भएसँगै बुटवलमा क्युएफएक्स सिनेमा हल आउने पक्का भएको हो । भाटभटेनी प्रमुख मीनबहादुर गुरुङ र रेगल सिनेमा प्रमुख नकिम उद्दिनले यस सम्बन्धी सम्झौतापत्रमा बुधबार हस्ताक्षर गरे ।

सम्झौताअनुसार भक्तपुर, बिराटनगर र बुटवलस्थित भाटभटेनीको व्यापारिक भवनमै फिल्म हल संचालन हुनेछन् । तयार भैसकेपछि तीनै हललाई व्यवस्थापन र ब्रान्डिङका लागि क्यूएफएक्स सिनेमाज्लाई हस्तान्तरण गरिने भएको छ ।

भाटभटेनी मुलुककै ठूलो रिटेल–चेन हो । रेगल सिनेमाका प्रमुख उद्दिन मुलुककै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स प्रमुख हुन् । तर, रेगल सिनेमा उद्दिनको एकल लगानीमा संचालन हुने कम्पनी हो ।

आगामी ६ महिनाभित्र तीनैवटा हल संचालनमा ल्याउने सम्झौतामा उल्लेख छ । उद्दिनका अनुसार आगामी सातादेखि निर्माण कार्य सुरु हुनेछ ।

प्रकाशित मिति : बुधबार, मंसिर ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij