गाेपीकाे ‘लक्ष्मी कहिले काली’ रिलिज

गाेपीकाे ‘लक्ष्मी कहिले काली’ रिलिज

काठमाडौँ : ‘गोपी’ फिल्मको पहिलो गीत ‘लक्ष्मी कहिले काली’ बुधबार रिलिज भएको छ । साहित्यकार बुद्धिसागरको शब्द रचना रहेको गीतलाई संगीतकार अर्जुन पोखरेलले आफ्ना पिता बाबुराम पोखरेलसँग मिलेर कम्पोज गरेका हुन् ।

भजन शैलीको गीत भएकोले अर्जुनले भजनगायक पिताको सहयोग लिएका हुन् । बजारमा चलिरहेका भन्दा फरक गीत बनेकोले दर्शकश्रोताबाट सकारात्मक प्रतिक्रिया पाउनेमा संगीतकार पोखरेल आशावादी छन् ।

‘लोकगीतको लहर चलेको छ, यस्तो बेला मौलिक गीत तयार पार्न पक्कै सजिलो छैन, तर यो गीत भाका, शब्द र वाद्यवादनका हिसाबले परिपक्व बनेको छ,’ पोखरेलले भने । गीतलाई ध्रुव बिस्को र एन्जिला रेग्मीले गाएका छन् भने एरेन्जमेन्ट आशीष अविरलको छ ।

आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित तथा दीपेन्द्र लामाद्वारा निर्देशित गोपी नेपालभर माघ १८ गते प्रदर्शनमा आउँदैछ । फिल्मको कथाकै माग अनुसार गीत तयार पारिएको निर्देशक लामा बताउँछन् । उनले थपे, ‘फिल्मका मुख्य पात्र हिन्दु र गाई पाल्ने भएकाले गीतमा उक्त आस्था झल्काउने प्रयास गरेका छौं ।’

बुधबार रिलिज भएको गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, अंकित खड्का, भोला सापकोटा लगायतले नृत्य गरेका छन् । वरिष्ठ नृत्यनिर्देशक गोविन्द राईले यही गीतमार्फत् लामो समयपछि औपचारिक रूपमा कोरियोग्राफीमा कमब्याक गरेका छन् । गीतमा राईले तीनवटा भजनटोली, सयजना भन्दा बढी वृद्धवृद्धा र ३२ जना नृत्य कलाकारलाई समावेश गरेका छन् ।

सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डि कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । फिल्ममा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय हेर्न पाइनेछ ।

प्रकाशित मिति : बुधबार, मंसिर ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij