बुटवल:आगामी पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुन गैरहेको लुम्बिनी एक्स्पो–२०७५ स्वदेशी उतपादनको प्रर्वद्धन र आत्मनिर्भर अर्थतन्त्रको विकासमा कोशेढुङगाको रुपमा स्थापित हुनु पर्ने कुरामा जोड दिइएको छ ।
यस क्षेत्रमा सञ्चालन भएका मेला प्रदर्शनीभन्दा भिन्न र आम उपभोक्ताहरुको चाहानालाई पुरा गर्ने गरि लुम्बिनी एक्स्पो २०७५ को आयोजना गर्न सुझाव पनि दिइएको छ ।
रुपन्देही व्यापार संघको आयोजमा हुन लागेको लुम्बिनी एक्स्पो–२०७५, अन्तरािष्ट्रय व्यापार मेलाको तयारीको क्रममा विहीवार मेला स्थल बुटवल मण्डपमा भएको विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्ति तथा संस्थाहरुसंग भएको सामुहिक छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले सो सुझाव दिएका हुन् ।
मेलालाई कसरी व्यवस्थित रुपमा आयोजना गर्न सकिन्छ भनी सुझाव र सल्लाहा लिनका लागि आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले सो सुझाव दिएका हुन ।
मेला यस क्षेत्रको साझा आयोजना भएका कारण यसको सफलता र असफलताको जसअपजस सबैको हुने र मेलाको असफलताले यस क्षेत्रको आर्थिक गतिविधिमा असर पर्ने हुदाँ सचेत भएर काम गर्न बक्ताहरुले सुझाव दिएका थिए ।
उनीहरुले मेलालाई स्वदेशी उत्पादनको प्रर्वद्धन र पहिचानमा जोड दिनु पर्ने बताउदै पुराना कमजोरी नदोहो¥याउन आग्रह गरे । यस प्रकारका मेला प्रर्दशनीले आर्थिक तथा औद्योगिक गतिविधि बढाउन मद्दत पुग्ने भएका कारण त्यसको महत्व पनि धेरै हुने धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हाम्रो जस्तो ग्रामिण अर्थतन्त्रमा चलेको विकासउन्मुख मुलुकमा ग्रामिण क्षेत्रलाई वजारसंग जोडेर लैजानु पर्ने आवश्यक्ता रहेकोले मेलाले त्यसमा भूमिका खेल्न सक्नु पर्ने बताए । उनले स्वरोजगार सहितको आत्मनिर्भर अर्थतन्त्रको विकासको लागि नीति व्यवसायी र स्थानिय सरकारवीच समन्वय जरुरी हुने हुदा अगाडीका दिनमा दुबै पक्ष गम्भिर बनेर अगाडी बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा मेलाका बारेमा जानकारी गराउदै मुल आयोजन समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठले मुलुकमा आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि ग्रामिण तथा कृषि लघु, घरेलु तथा साना उद्योगको विकास र प्रर्बद्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेला नेपाली वस्तु प्रयोग गर्न र उद्यमी व्यवसायी बन्न प्रेरक बन्ने विश्वास व्यक्त गरेका थिए ।
स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएको भन्दै यस्ता उद्योगको उत्पादनको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकताका साथ मेलाले हेरेको अध्यक्ष श्रेष्ठको भनाई थियो । उनले मेला सम्पन्न गर्न सबैको सहयोगको लागि आग्रह गरे ।
कार्यक्रममा संघका निर्वतमान अध्यक्ष मोतीलाल पाण्डे, पूर्व अध्यक्ष श्रीकृष्ण पोखरेल, टंकप्रसाद पोखरेल, नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलम, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जीसी, पश्चिम नेपाल वस व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नारायण प्रसाद घिमिरे, देवदह व्यापार संघका अध्यक्ष कोशबहादुर गुरुङ, पेट्रोलियम डिलर्स एशोसियसनका अध्यक्ष प्रेम न्यौपाने लगायत बोलेका थिए ।
उनीहरुले मुलुक राजनीतिक रुपमा स्थिरतातर्फ उन्मुख भएको र आर्थिक समृद्घिको चरणमा प्रवेश गर्न लागेको बेला व्यापार मेलाले मुलुकको आर्थिक दिशालाई अगाडी बढाउन टेवा पु¥याउने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रम संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठको अध्यक्षता, महासचिव प्रकाश ढकालको सञ्चालन, मानार्थ सदस्य बैकुण्ठ कोइरालाको स्वागत तथा वरिष्ठ उपाध्यक्ष यमलाल लोहनीको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।
यसैवीच मेला तयारीका क्रममा गठन गरिएका उपसमितिहरु विस्तार गर्ने कार्य जारी रहेको संघले जनाएको छ । यसै क्रममा स्वयंसेवक तथा प्रवेशद्वार व्यवस्थापन उपसमिति, सुरक्षा व्यवस्थापन उपसमिति, पार्किङ्ग व्यवस्थापन उपसमिति र महिला उद्यमी उत्पे्ररक उपसमिति विस्तार गरिएको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्