पहिलो जितको खोजीमा सरस्वती र फ्रेण्ड्स

पहिलो जितको खोजीमा सरस्वती र फ्रेण्ड्स

बुटवल : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो चरणको अन्तिम दिन आज दुई खेल हुँदैछन् ।

हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल सोही मैदानमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पबीच हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

शनिबारदेखि तेस्रो चरणको खेल समाप्त हुनेछन् । तेस्रो चरणको समाप्तिसँगै दुई दिनको विश्रामपछि मङ्सिर १० गतेदेखि लिगका चौथो चरणका खेल पुनः शुरु हुनेछन् । अघिल्ला दुई खेलमा पराजित दुवै टोली आज मैदान उत्रदा पहिलो जितको खोजीमा हुनेछन् ।

लिगको पहिलो खेलमा फ्रेण्ड्स थ्री स्टार क्लबसँग २–१ ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा विभागीय टोली एपिएफसँग १–० गोलले पराजित भएको थियो । यस्तै सरस्वती लिगको पहिलो खेलमा सङ्कटा क्लबसँग १–० ले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा हिमालयन शेर्पासँग १–० ले नै पराजित भएको थियो ।

जावलाखेलले अघिल्ला दुई खेलमा पराजय व्यहोरिसकेको छ । लिगको शुरुआती दुई खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको जावलाखेल पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबसँग १–० ले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा सङ्कटासँग २–० ले पराजित भएको थियो । अङ्कविहीन जावलाखेल लिगको पुछारमा छ ।

यता, हिमालयन शेर्पा भने दोस्रो जितको खोजीमा हुनेछ । हिमालयन शेर्पाले पहिलो खेलमा विभागीय टोली एपिएफसँग बराबरी खेल्दै अङ्क बाँडेको थियो । यस्तै दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो । लिगमा ४ अङ्क जोडेको हिमालयन शेर्पा छैँटौँ स्थानमा रहेको छ । सरस्वती १३औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : शनिबार, मंसिर ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij