मुलुकमा १ करोड ६० लाख क्विन्टल खाद्यान्न अपुग

मुलुकमा १ करोड ६० लाख क्विन्टल खाद्यान्न अपुग

काठमाडौं । सरकारले कृषि उत्पादन वृद्धि गरेर खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा मुलुकमा करिब डेढ करोड क्विन्टल खाद्यान्न अपुग देखिएको छ।

धान, मकै गहुँ, कोदोलगायत प्रमुख खाद्यबालीको उत्पादन वृद्धि नहुँदा खाद्यान्न अपुग भएको खबर नागरिक दैनिकमा छ।

कृषि तथा पशुपक्षी मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीका अनुसार मुलुकमा करिब १६ लाख टन (एक करोड ६० लाख क्विन्टल) खाद्यान्न अपुग छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७४/०७५ मा खाद्यान्न अपुग हुने क्रम बढेको छ । कृषि विज्ञ हरि दाहालका अनुसार कृषि क्षेत्रमा लगानी कम र किसानलाई दिएको अनुदान लक्षित समूह नपुगेकाले नै कृषि उत्पादन वृद्धि नभएको बताउँछन्।

प्रकाशित मिति : आइतबार, मंसिर ९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij