दैलेखमा जीप दुर्घटना, चारजनाको मृत्यु

दैलेखमा जीप दुर्घटना, चारजनाको मृत्यु

दैलेख:जीप दुर्घटनामा चारजनाको ज्यान गएको छ । चारजना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको ठाटीकाँध गाउँपालिका–३ बहाँकोट बिसलाका लागि छुटेको भे १ च २२०७ नम्बरको बोलेरो जीप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना हुँदा चार जनाको ज्यान गएको हो ।

दुर्घटनामा ठाटीकाँध गाउँपालिकाका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र ३० वर्षीय निर्मल बमको दुर्घटनास्थलमै ज्यान गएको हो । दुई जनाको उपचारका लागि सुर्खेत लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको परिचय खुलेको छैन ।

ठाटीकाँध गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार जीपको ब्रेक फेल भएर दुर्घटना भएको हो । घाइते ४ जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर १२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij