बुटवल । बुटवल उपमहानगरपालिकाले थप चार कानून बनाएको छ । नगरकार्यपालिकाको हालै बसेको बैठकले नियमावली, कार्यविधि र निर्देशिकाहरु तयार पारेको थियो । यी सबै कानूनहरु राजपत्रमा प्रकाशित भएका छन् ।
राजपत्रमा प्रकासित यी सबै कानूनहरुलाई उपमहानगरले प्रदेश सरकारको आन्तरिक मामलिा तथा कानून मन्त्रालयमासमेत पठाएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । यो संगै बुटवल उपमहानगरपालिकाले नियमावली, कार्यविधि र निर्देशिकाहरु गरी ३४ वटा कानूनहरु निर्माण गरेको प्रमुख सुवेदीले बताए ।
बुटवलको नगरकार्यपालिकाले स्थानीय बजार व्यबस्थापन तथा अनुगमन निर्देशिका–२०७५, नगर शिक्षा नियमावली–२०७५, सहकारी संस्थामा धान बाली धितो भण्डारण गरी ऋण दिने सम्बन्धी कार्यविधि–२०७५ र ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजत सम्बन्धी कार्यविधि–२०७४ मासथ (प्रथम संशोधन २०७५ ) प्रमाणिकरण गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले जानकारी दिए ।
प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्