काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा नवलपरासी नम्बर ३८ गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्द बहादुर खातीको कमाण्डमा खटिएको एपीएफ टोलीले मंसीर १२ गते करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको अवैध क्याटरिङ्गको सामान बरामद गरेको छ ।
बेवारिसे अवस्थामा रहेको उक्त क्याटरिङ्गको सामान एपीएफ टोलीले पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ७ स्थित मुजहरामाबाट बरामद गरेको हो ।
यसैगरी सिराहा जिल्लाको लाहान नगरपालिका २१ स्थित कालाबञ्जारबाट मंसीर १३ गते एपीएफ टोलीले करीव ३ सय वटा ज्याकेट बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा स ४ प. ३४०२ र बीआर ३२ जी ०८९३ नम्बरको भारतीय मोटसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त ज्याकेट तथा ज्याकेट ल्याउन प्रयोग भएको दुई वटै मोटरसाइकल समेत सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लाहानबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद ज्याकेट तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालय ठाँडीमा बुझाएको छ । उक्त ज्याकेट तथा मोटरसाइकलको भन्सार दाखिला मूल्य करीव ३ लाख ९० हजार रुपैयाँ कायम रहेको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्