काठमाडौँ । मानिसले त एकसय पटक भन्दा बढी समय रक्तदान गरेको समाचार आउने गर्छ तर ककुरले पनि दर्जनौं पटक रक्तदान गरेर धेरैको ज्यान बचाएको सुन्दा अचम्म लाग्न सक्छ । कुकरको मानिसको जस्तो रक्त समूह हुँदैन । त्यसैले एउटा कुकरको रगत पहिलो पटक दिँदा प्रायः अर्को कुकरलाई मिल्छ, त्यसले गर्दा कुकुरलाई पनि रगत दिने गरिन्छ ।
ललितपुरका भैंसेपाटीस्थित स्नेहा कियर सेन्टरमा रहेको एक जर्मन सेफर्ड पोथी ककुरले तीन वर्षको अवधिमा दर्जनौं पटक रक्तदान गरेर धेरै कुकुरको ज्यान बचाएको छ ।
हाल सेन्टरको संरक्षणमा रहेको उक्त कुकुरको नाम कोपिला हो । कोपिला तीन वर्ष अघि काठमाडौंँको स्वयंभु क्षेत्रमा विरामी अबस्थामा फेला परेको थियो । कसैले घरमा पालेको र पछि राम्रो हेरचाह नभएका कारण शरीरभरि तुतो फैलिए पछि सडकमा छाडिएको थियो ।
स्नेहा सेन्टरमा रहेका झण्डै १७० वटा कुकुर मध्ये कोपिला सहित चार वटा कुकुरले रक्तदान गर्ने गरेका छन् । रक्तदान गर्ने कुकुर निरोगी हुनु पर्छ । जुनपायो त्यही कुकुरले रक्त दान गर्न सक्दैनन् ।
प्रकाशित मिति : शनिबार, मंसिर १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्