JanataToday.com

Advertisment

SKIP THIS

पाकिस्तानी रूपैयाँ अहिलेसम्मकै कमजोर

पाकिस्तानी रूपैयाँ अहिलेसम्मकै कमजोर

विदेशी मुद्राको सञ्चितिमा ४०% गिरावट

कराँची। पाकिस्तानको मुद्रा अमेरिकी डलरसँग झण्डै पाँच प्रतिशतले अवमूल्यन भएको पाकिस्तानी केन्द्रीय बैंक, स्टेट बैंक अफ पाकिस्तानले शुक्रबार जनाएको छ ।

मुलुकले भूक्तानी सन्तुलनको अत्यधिक समस्याबाट गुज्रिरहेका समय पाकिस्तानको मुद्रा अमेरिकी डलरसँग यस बर्षमात्रै छैठौँ पटक कमजोर देखिएको हो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सरकार गठनका एक सय दिन पुगेको अवसरमा आफूले धेरै कुराहरूमा सुधार गरेको गर्वसाथ घोषणा गरेको भोलिपल्ट नै यहाँको केन्द्रीय बैंकले अमेरिकी डलरसँगको तुलनामा पाकिस्तानी रूपैँया अहिलेसम्मकै सबैभन्दा कमजोर बनेको बताएको छ ।

केन्द्रीय बैंकले राज्यद्वारा सञ्चालनमा ल्याएको मुद्रालाई अप्रत्यक्ष रूपमा कैयौ पटक अवमूल्यन गरी व्यापक रूपमा असन्तुलित बनेको भूक्तानी घाटालाई कम गर्ने प्रयास गरेसकेको थियो ।

पाकिस्तानी व्यापारीले देशको मुद्रामा झण्डै पाँच प्रतिशतले गिरावट भै प्रति डलर पाकिस्तानी रूपैँया १४३ हुँदासमेत प्रधानमन्त्री खान र उनको अर्थमन्त्री असद उमरले मुद्रा सङ्कुचनलाई नियन्त्रणमा राख्ने बृहद योजना ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

प्रकाशित मिति : शनिबार, मंसिर १५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij