बुटवल । तिनाउ–बुटवल सरसफाई अभियानमा जनसहभागिता बढ्दै गएको छ । अभियानको चौबिसौं साताको श्रृंखलासम्म पुग्दा स्वतःस्फूर्त रुपमा सहभागी हुने क्रम बढेको छ ।
बुटवल उपमहानगरपालिका अन्र्तगत विभिन्न सामाजिक संघ संस्थाहरुले अगाडि बढाएको यो अभियानले २४ औं श्रृंखला पूरा गरेको छ ।
यसैक्रममा शनिबार बुटवल बहुमुखी क्याम्पसदेखि ट्राफिक चोकसम्म सरसफाई गरिएको छ ।
बुटवल उपमहानगरपालिकाले सुरु गरेको यस्तो महाअभियानमा मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरुदेखि यातायात मजदुरसम्मको सहभागिता जुटिसकेको छ ।
विहानै ७ बजे बुटवलमा एक हुल मान्छे सडकमा निस्कने र भेटेजतिको फोहर टिपेर लैजाने गर्दै सुरु भएको अभियानमा सार्वजनिक निजी दुबै क्षेत्रको उत्तिकै सहभागिता जुटेको उप–महानगरपालिकाले जनाएको छ ।
चौबिसौं श्रृंखलामा सरसफाई अभियानमा उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल, वडा अध्यक्षहरु, सामाजिक महाशाखा प्रमुख भुवाप्रसाद लुईँटेललगायतको सहभागिता थियो ।
‘हाम्रो बुटवल हामी सफा गर्छौ’ भन्ने सन्देश प्रवाह गर्न बुटवले महाअभियानको सुरुवात गरेको प्रमुख शिबराज सुवेदीले बताए । उनले आफ्नो सहर आफै सफा राखौं भन्ने सुझाव जनस्तरबाटै आएकाले यस्तो अभियान सुरु गरिएको बताए ।

उपमहानगरको सरसफाईको नियमित कामका अतिरिक्त सार्वजनिक क्षेत्रहरुलाई लक्षित गरेर जनसहभागिताको यस्तो अभियान सुरु गरिएको उपमहानगरपालिका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
नेपाल स्वतन्त्र यातायात मजदुर संगठन प्रदेश नं ५ ले संयोजन गरिरहेको महाअभियानको सरसफाई कार्यक्रममा शनिबार तीन सय २५ जना भन्दा धेरैको स्वतः स्फुर्त सहभागिता रहेको अगुवा ठाकुर गैरेले बताए ।
शनिबार भएको सरसफाई कार्यक्रममा सिमिचौर सम्पर्क समाज, नेपाली सेना, शसस्त्र सेना, वडा नं ४ का वडासदस्यहरु लगायतको सहभागिता रहेको मजदुर संगठन, प्रदेश नं ५ का सह–संयोजक गैरेले बताए । संगठनमा आवद्ध मजदुरहरुको सक्रीयतामा संचालन भैरहेको महाअभियानलाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), पहिलो पाईला, लायन्स क्लब, युवालगायत सुरक्षाकर्मीहरु स्वतस्फुर्तरुपमा सहभागी छन् ।

सरसफाई अभियानमा तिनाउ नदी, अस्पताल, मुख्य सडक र चोकहरु, स्कुल परिसर, पार्कहरुसम्मै पु¥याउने गरी योजना बनाइएको बुटवल उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए ।
यस्तो अभियानमा मुख्यमन्त्रीदेखि प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरुसमेत सरिक भइसकेका छन् ।
कुनै एउटा संस्थाको नभई बुटवलबासीको प्रतिष्ठा संग जोडिएको भन्दै संगठनका प्रदेश अध्यक्ष कृष्णप्रसाद कंडेलले सबैलाई महाभियानमा सामेल हुन अनुरोध गरे ।
‘हाम्रो बुटवल हामी सफा गर्छौ’ भन्ने सन्देश सहित गत असार ५ गतेबाट बुटवल उपमहानगरपालिकाले तिनाउ नदि तथा बुटवल सरसफाई महाअभियान सुरु गरेको थियो ।
सरसफाई प्रत्यक हप्ताको शनिबार विहान ७ बजे देखि ९ वजे सम्म संचालन भएका छन्. ।
बुटवल उपमहानगरको बस्ती र बाटोको क्षेत्रहरु सफा गरिसकेपछि तिनाउ नदिको सफाईमा जुट्ने उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, मंसिर १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्