ठूलो परिमाणमा अवैध लागूऔषध सहित ४ जना पक्राउ

ठूलो परिमाणमा अवैध लागूऔषध सहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीमा प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । शनिबार राती १० बजे गोप्य सुचनाका आधारमा प्रदेश ५ दाङ कार्यालयबाट खटिएको अनुसन्धान समुह र बुटवल प्रहरीको संयुक्त टोलीले बुटवल उपमहानगरपालिका वडा न.९ ईट्टाभट्टीबाट २५ के.जी चरेश बरामद गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्लले जानकारी दिए ।

चरेससँगै पक्राउ पर्नेमा जाजरकोट जिल्ला खलाङ गाउँपालिका वडा न.९ बस्ने वर्ष ४४ का तिलक पुन जसको साथबाट १२ लाप्सा, रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा न.११ वस्ने वर्ष ४० का दिपेन्द्र घर्ति जसको साथबाट १२ लाप्सा, जाजरकोट जिल्ला वारीकोट गाउपालिका वडा न.१ बस्ने वर्ष २८का टोेपेन्द्र बोहरा जसको साथबाट १२ लाप्सा,जाजरकोट जिल्ला नल्गा गाउँपालिका वडा न.२ बस्ने वर्ष २८का प्रेम वि.क जसको साथबाट १४ लाप्सा फेला पारिएको प्रहरी मल्लले जानकारी दिए ।

पक्राउ पर्ने चारै जनालाई अवैध लागुऔषध मुद्धा दर्ता गरि घटना सम्बन्धी थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर १६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij