‘न्याय नपाए सैनामैना जानु’

‘न्याय नपाए सैनामैना जानु’

सैनामैना :न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन सैनामैना नगपालिकाले अभियान शुरु गरेको छ ।

मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्ने अधिकार स्थानीय निकायलाई भएकाले न्यायिक प्रक्रिया सहज होस् भन्ने उद्देश्यले वडाका एकसय अगुवालाई मेलमिलाप सम्बन्धी प्रशिक्षण दिइएको नगरउपप्रमुख तथा न्यायिक समिति संयोजक बिना रानाले जानकारी दिईन् ।

वडाबाटै आउने साना विवाद वडामै टुङ्ग्याउन वडाका अगुवा सचेत हुन जरुरी भएको र उनीहरुको सहयोगमा मेलमिलापकर्ताले विवाद समाधान गर्नसक्ने भएकाले पहिलो चरणमा वडाका प्रतिनिधिसँगै अगुवालाई पनि प्रशिक्षण दिन थालिएको उनले बताईन् ।

सैनामैना नगरप्रमुख चित्रबहादुर कार्कीले मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्ने अधिकार स्थानीय निकायलाई भएकाले न्यायिक प्रक्रिया प्रभावकारी बनाएर छिटो न्याय दिन चेतनामूलक अभियान थालनी गरिएको बताए ।

समाजमा हुने हिंसा, झैझगडा, पारिवारिक समस्याजस्ता विवादलाई समयमै निवारण नगर्दा अदालतसम्म पुग्नुपर्ने स्थिति आउन नदिन विवाद निरुपणका लागि मेलमिलापकर्ता दक्षहुनुपर्नेमा नेकपाका सैनामैना नगर अध्यक्ष खुशीराम चौधरीले जोड दिए ।

न्यायिक समितिका सदस्य सविता भण्डारीका अनुसार सैनामैना नगरपालिकामा अहिलेसम्म न्यायिक समितिमा जग्गा विवाद, घरेलु हिंसा, अंशबण्डालगायत ४० उजुरी परेका छन् ।

प्रकाशित मिति : सोमबार, मंसिर १७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij