बुटवलको विकट बस्ती ज्यामिरेमा जनप्रतिनिधिहरु

बुटवलको विकट बस्ती ज्यामिरेमा जनप्रतिनिधिहरु

बुटवल । बुटवल उपमहानगरपालिका–१२ ज्यामिरे टोल उपमहानगरको सबैभन्दा विकटको बस्ती हो ।

वरीपरी जंगल र खोस्लाले घेरिएर रहेको यो बस्तीमा करिब एक दजर्न जति घरपरिवार छन् । त्यो बस्तीको सुरक्षा र स्थानान्तरणका बारेमा जनप्रतिनिधिले चासो दिएका छन् ।

ती घर परिवारले आफुहरुको बस्ती जोखिममा रहेको भन्दै जनप्रतिनिधि समक्ष उचित व्यवस्थापनको माग गरेका थिए ।

उनीहरुका गुनासो सुनेपछि नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यसहितको टोलीले उक्त बस्तीको स्थलगत अवलोकनमा पुगेको थियो ।

त्यहाँको अवस्था, सम्भावना र त्यसको कार्यान्वयनका लागि स्थानीयहरुकै सुझावका आधारमा योजना बनाइने प्रमुख सुवेदीको भनाइ छ ।

कृषि उद्यम र पशुपालनको प्रचूर सम्भावना रहेको र त्यसका लागि यातायात र खानेपानीको व्यवस्था पहिलो प्राथमिकता रहेको भन्दै नगरप्रमुख सुवेदीले निजी क्षेत्र तथा माथिल्ला सरकारहरुसंगको समन्वयमा सम्भावनाको थप अध्यय्न गरिने प्रमुख सुवेदीले बताए ।

‘यो क्षेत्रलाई नगरको पर्यापर्यटनका रुपमा विकास गर्न सकिन्छ, कृषि र पशुपालनका सम्भावनाका बारेमा पनि थप छलफल आवश्यक छ’ नगरप्रमुख सुवेदीले भने, स्थानीय समुदायको आवश्यकता र राय सुझावका आधारमा नयाँ कार्यक्रम बनाइने छ ।’

स्थानीयहरुले बस्तीसम्म पुग्ने बाटो बनाइदिन, गाउँमै अक्षर चिन्न सक्ने गरी बालकक्षाको व्यवस्था मिलाइदिन, विद्युतको व्यवस्था मिलाउन तथा पानीको मुहान संरक्षण र सिंचाईको व्यवस्था मिलाइदिन आग्रह गर्दै आएका थिए ।

तर, त्यहाँका युवाहरुले भने गाउँलाई नै स्थानान्तरण गर्न आग्रह गरेका थिए । उनीहरुका अभिभावकहरुले भने गाउँसम्म मोटरबाटो नबनेकाले समस्या उत्पन्न भएको र पानीको समस्या वर्षेनी बढ्दो रहेको भन्दै व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

नगरप्रमुख सुवेदीले वैकल्पिक उपायका बारेमा नगर कार्यपालिकामै छलफल गरिने बताए ।

उनले बस्तीको जोखिमका बारेमा आफुले जानकारी राखेको र अब सुरक्षाका उपायहरुलाई तत्कालै गम्भिरताका साथ अगाडि बढाइने बताए ।

उपप्रमुख गुमदेवी आचार्यले बालबालिकाहरुले पढ्नकै लागि धेरै सास्ती र जोखिम मोल्नु परेको विषयलाई आफुले गम्भिरताका साथ लिएको बताइन् ।
वडा अध्यक्ष दुर्गा सुवेदीले बस्तीको उचित व्यवस्थासहित संरक्षण वा स्थानान्तरणका बारेमा बृहत छलफल गरिने बताए ।

वडा सदस्य भूपेन्द्र थापा, चारपाला सामुदायिक वनका पदाधिकारीहरुले बस्तीको जोखिम न्यूनिकरणका लागि बुनपाको कार्यक्रममा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

बालाबलिकाको शिक्षा पहिलो प्राथमिकता
नगरप्रमुख सुवेदीले जंगलमा दैनिक दुई घण्टा हिंडेर पढ्न जाने बालबालिकाहरुको सुरक्षा र वैकल्पिक व्यवस्था पहिलो प्राथमिकतामा राखेको बताए । उनले बालबालिकाको माग र चाहना बमोजिम तत्कालै उचित व्यवस्था गर्नेतर्फ आफुले पहल सुरु गर्ने बताए ।

यो गाउँबाट अहिले सात जना विद्यार्थीहरु दैनिक दुई घण्टा हिंडेर तल तामनगरमा अध्ययन गर्न जाने आउने गर्दछन ।

विद्यालय नजिक नहुंदा र जंगलको बाटो हिड्न पर्दा पढाइ निकै अप्ठ्यारो भएको विद्यार्थी विना गहा मगरको गुनासो छ ।

भर्खर कक्षा १२ पास गरेर माथिल्लो तहमा अध्ययन गर्ने गाहा त्यहाँका साना भाइ–बहिनीहरुलाई विद्यालयसम्म ल्याउने लैजाने अभिभावक समेत बनेका छन् ।

यो गाउँमा ८ वटा घर रहेका छन् भने त्यहाँबाट छुट्टी भिन्न भएका र तर पनि घर परिवार सारेका गरी १४ वटा घरहरु रहेको उनीहरुले बताएका छन् ।

त्यहाँका बासिन्दाहरु अहिले बाख्रापालन र भुइँकटहर खेती गर्दै आएका छन् । धेरैको मुख्य पेशा पशुपालन नै रहेको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर १९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij