JanataToday.com

Advertisment

SKIP THIS

कृषकको धान धितो राखेर नगरपालिकाले ऋण दिने

कृषकको धान धितो राखेर नगरपालिकाले ऋण दिने

बुटवल : बुटवल उपमनगरपालिकाले कृषकहरुको धान धितो राखेर ऋण दिने भएको छ ।

नगरपालिकाले पहिलो पटक कृषकको धान धितो राखेर ऋण दिने प्रक्रिया सुरु गरेको हो । कृषकले उत्पादन गरेको धानलाई सहकारीमा धितो राखेर सहकारी मार्फत ऋण उपलब्ध गराइने छ ।

कृषकलाई ऋण प्रदान गर्न बिहीबार बुटवल–१४ सेमलारमा रहेको सिम्रीक कृषि सहकारी संस्था र बुटवल उपमानरपालिकाबीच सम्झौता भएको छ ।

बुटवल उपमानरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल र सिम्रीक कृषि सहकारी संस्थाका अध्यक्ष गणेशबहादुर गाहाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बुटवलको सेमलार, मोतिपुर क्षेत्रका कृषकहरुले उत्पादन गरेको धान भण्डारण गर्ने स्थानको अभावको कारण कम मूल्यमा बिक्री गर्दै आएका थिए । अब कृषकहरुले धान सहकारीमा धितो राखेर ऋण लिन सक्नेछन् ।

कृषकले सहकारीमा राखेको धानको भाडा तिर्नुपर्दैन । नगरपालिकाले नै भाडा तिर्ने भएपछि कृषक खुसी भएका छन् ।

बुटवल उपमानगरपालिका प्रमुख शिवराज सुवेदीले कृषकको समस्यालाई सामाधान गर्न पहिलो चरणमा धानको भण्डारणमा अनुदान प्रदान गरिएको जानकारी दिए ।

पहिलो चरणमा कृषकको धान मात्रै सहकारी मार्फत भण्डारण गर्ने सम्झौता सहकारी मार्फत गरिएकोमा आगामी दिनमा गहुँ, दाल लगायत कृषि उपज समेत भण्डारण गरेर कृषकलाई ऋण उपलब्ध गराउने तयारी गरिएको प्रमुख सुवेदीले बताए ।

बुटवल उपमहानरपालिका, कृषि विकास महशाखा प्रमुख वरिष्ठ कृषि विकास अधिकृत भिमनाथ शर्माले कृषकले उत्पादन गरेको धानलाई सहकारीमा भण्डारण गरे बापत सहकारीले लिने भाडा रकम नगरपालिकाले प्रदान गर्ने छ ।

जसको लागि नगरपालिकाले २ लाख ५० हजार रुपैयाँको सम्झौता सहकारीमार्फत गरेको हो ।

यसरी भण्डारण गरेको धानलाई धितोको रुपमा सहकारीले स्वीकार गरी ऋण समेत प्रदान गर्ने सम्झौता गरिएको छ । ऋण चुक्ता पश्चात कृषकले आफ्नो धान बिक्री गर्न पाउने सिम्रीक कृषि सहकारी संस्थाका अध्यक्ष गणेश बहादुगाहा मगरले जानकारी दिए ।

सहकारीका सचिव टोपनारायण घिमिरेका अनुसार २०६६ सालमा स्थापना भएको सहकारीले आइडब्लु आरएमपीको अनुदानमा बीउ प्रसोधन केन्द्र, भण्डारण केन्द्र समेत स्थापना गरेर सञ्चालन गर्दैै आएको छ ।

१० कठ्ठा क्षेत्रफल रहेको सहकारीले २ सय ५० मेट्रिक टनको ओपनज सेड निर्माण गरेको छ । १५ सय मेट्रिक टन र अर्को २ सय ५० मेट्रिक टन क्षमताको गोदाम घर निर्माण गरेको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij