पोखरा: पोखरा घुम्न आएका एक किशोर फेवातालमा बेपत्ता भएका छन् ।
काठमाडौँबाट पोखरा घुम्न आएका रोशन श्रेष्ठ डुंगामा शयरको क्रममा सेल्फी खिच्न लाग्दा तालमा खसेर बेपत्ता भएको कास्की प्रहरीले जनाएको छ ।
दिदीसँगै तालमा बोटिङ गरीरहेका रोशन सिंगल प्याडल बोटमा थिए ।
फेवातालको बीच भागमा पुगेपछि लाइफ ज्याकेट फुकालेर मोबाइलबाट सेल्फी खिच्ने क्रममा उनी खसेको वैदाम प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिए ।
दिदीसँग पोखरा घुम्न आएका १९ वर्षीय रोशन बिहान १०ः३० बजे तालमा खसेका थिए ।
उनको सशस्त्र, नेपाल प्रहरी र नेपाल आर्मी सहितको टोलिले खोजी गरिरहेको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर २४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्