काठमाडाैं । एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सले विराटनगरलाई ४ विकेटले पराजित गरेको छ । प्रतियोगितामा भैरहवाको यो लगातार तेस्रो जित हो ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवा १८ ओभर चार बलमा ९१ रनमा अलआउट भयो । २० रन बनाउँदा चार विकेट खेर फालेको विराटनगरले ६४ रनमा ६ विकेट गुमाएको थियो ।
उसका कप्तान पारस खड्का मात्र एक रनमा आउट भए भने अनिल शाह पनि चार रनमा पेभेलियन फर्किए । यस्तै रे भान देर मेर्वीले टिमका लागि २५ रन बनाए । सुनित महर्जनले १५ रन बनाउँदा करण केसीले १८ तथा हरि चौहानले १३ रनको योगदान गरे ।
बलिङमा मोहम्मद नाभिदले चार तथा अविनाश बोहरा र कृष्ण कार्कीले दुई-दुई विकेट लिए ।
जवाफमा भैरहवाले १९ ओभर चार बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । भैरहवाले २४ रन बनाउँदा दुई विकेट गुमाएको थियो । ओपनर प्रदिप ऐरी १० तथा कुशल मल्ल सात रनमा आउट भएका थिए ।
रवि इन्दर सिंह पनि १२, रायन टेन डोइच्टेले २० तथा शरद भेषवाकरले १६ रनको योगदान गरे । अन्तिम ओभरमा भैरहवालाई जित्न ६ रन आवश्यक थियो ।
त्याे ६ रन भैरहवाले दुई बल अगावै पूरा गर्यो । प्रतियोगितामा विराटनगरको यो पहिलो हार हो । बलिङमा बिराटनगका रे भान देर मेर्वीले दुई तथा करण केसी, बसन्त रेग्मीले एक एक विकेट लिए ।
प्रकाशित मिति : बुधबार, मंसिर २६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्