देउसीको रकमबाट डस्टबिन बितरण

देउसीको रकमबाट डस्टबिन बितरण

पाल्पा । पाल्पाको रामपुरमा सामाजिक काममा सक्रिय फ्रेण्डसीप युवा क्लबले रामपुर नगरपालिकाका विभिन्न बजार क्षेत्रहरुमा डस्टबिन राखेको छ ।

क्लबले तिहारमा देउसीभैलो खेलेर उठेको रकमबाट रामपुर नगरपालिका वडानम्बर ५ को बेझाड, वडानम्बर ७ को किसानबारी, वडा नम्बर ६ को बिजयपुर, र वडा नम्बर ४ का विभिन्न टोल तथा गल्लीहरुमा २० वटा डस्टबिन राखेको हो ।

डस्टबिन राख्ने काम अघि क्लबका अध्यक्ष बिमल रानाको अध्यक्षतामा रामपुर नगरपालिका वडानम्बर ५ बेझाड चोकमा भएको औपचारिक कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा प्रमुख अतिथि रहेका थिए ।

डस्टबिन राख्ने कामको शुभारम्भ गर्दै नगर प्रमुख थापाले क्लबले गरेको यस कार्य उदाहरणीय र प्रसंसनिय रहेको बताउदै रामपुर नगरपालिकालाई सुन्दर र सफा राख्ने कार्यमा सहयोग पुर्याएकोमा क्लबलाइ धन्यवाद दिए ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख मधुसुदन भट्टराई ,रामपुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष हुमनाथ न्यौपानेले क्लबले गरेको कामको प्रसंशा गर्दै आगामी दिनमा पनि यस्ता उदाहरणीय कामहरु गर्दै जान शुभकामना दिए ।

कार्यक्रममा अध्यक्ष रानाले गत तिहारमा देउसी खेलेर उठेको २०हजार रुपैयाबाट डस्टबिन खरिद गरिएको बताए । क्लबका सदस्य सुमन सुबेदीले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको संचालन क्लबका सदस्य प्रेम सारुले गरेका थिए ।

प्रकाशित मिति : बुधबार, मंसिर २६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij