नयाँ शक्ति पार्टी गुल्मीमा बिभिन्न संयोजक तोकिए

नयाँ शक्ति पार्टी गुल्मीमा बिभिन्न संयोजक तोकिए

बुटवल । नयाँ शक्ति पार्टी नेपाल गुल्मीले जिल्लाका बिभिन्न क्षेत्रमा पार्टीका गतिविधी तिव्र बनाउनको लागि बिभिन्न निणर्य गरेको छ ।

नयाँ शक्ति पार्टी नेपाल गुल्मी संयोजक तेजेन्द्र थापाको अध्यक्षता बसेको जिल्ला समन्यव समितिको पुर्ण बैठकले पार्टी ५ महिनामा ५ परिमाण अभियान संचालन गर्नको लागि ११ सदस्य परिचालन सचिवालय गठन गरेको छ ।

जिल्लामा तिन बटा अभियान टीम बनाए काम गर्ने निणर्य गरिएको बैठकपछि जारी प्रेश विज्ञप्तीमाउल्लेख छ ।

ध्रुर्ब कुवंरको संयोजकत्वमा गठन भएको टिमले जिल्लाको मादाने, मालिका,धुर्कोट गाउँपालिका हेर्ने छ ।टीमको सदस्यमा राजेन्द्र जि.सी र विष्णु जि.सी.रहेका छन् ।

ध्रुर्व कुवरको संयोकत्वमा गठन भएको टिमले रेसुङ्ग नगरपालिक सहित मुसीकोट गुल्मीदरबार,छत्रकोट र रुरु हेर्ने गरि गठन गरिएको छ ।

यस्तै मदन बहादुर खत्रीको संयोजत्कवमा घनश्याम पाण्डे,जनक पन्थ र बाँस बहादुर थापा रहेको टिमले चन्द्रकोण, सत्यवती रकालिगण्डकी हेर्न गरि गठन गरिएको छ ।

पार्टिका केन्द्रीय कार्यकारी सदस्य तथा प्रदेश न ५ का संगठन बिभाग प्रमुख यज्ञ पोख्रेलको प्रमुख आतिथ्यमा बसेको बैठकले पौष महिना भित्र ११०० सदस्यता बितरण गर्ने निणर्य गरेको छ ।

यस्तै बिभिन्न बिभाग पनि गठन गरेको प्रमुख घनश्याम पाण्डे ,आर्थिक बिभाग प्रमुख धुर्ब कुवर,समाजिक परिचालन तथा राजनितिक सम्वाद प्रमुख गणेश कुवर प्रचार बिभाग प्रमुख जनक पन्थ र कार्यालय प्रमुखमा पदम बहादुर खत्रीलाई चयन गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : बुधबार, मंसिर २६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij