सोलार बत्ती जडान

सोलार बत्ती जडान

पाल्पा: पाल्पाको पूर्वखोला गाउँपालिकाका २५ स्थानमा सोलार बत्ती जडान गरिएको छ ।

उज्यालो पूर्वखोला कार्यक्रमअन्तर्गत हात्तीलेक, जल्पा, रिङ्नेरह, हेक्लाङ, देवीनगर, वीरकोट, सिलुवाका विभिन्न बजार क्षेत्रमा पहिलो चरणमा ती स्थानमा सोलार बत्ती जडान गरिएको गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले बताए ।

गाउँपालिकालाई उज्यालो शहरका रुपमा विकास गर्ने गरी पहिलो चरणमा २५ स्थानमा सोलार बत्ती जडान गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए । गाउँपालिकाको रु २४ लाख सहयोगमा शहरोन्मुख धार्मिक तथा पर्यटकीय क्षेत्रमा बत्ती जडान गरिएको हो ।

बाँकी रहेका स्थानमा दोस्रो चरणमा सोलार बत्ती जडान गर्न गाउँपालिकाले रु दश लाख रकम विनियोजन गरेको छ । यसले गर्दा चोरी, डकैती, विकृति, अपराधजन्य क्रियाकलापलाई कम गर्नसमेत सघाउ पुग्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर २७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij