देवदह युथ आइकन २०१८ को उपाधि खगेन्द्र चापागाईलाई

देवदह युथ आइकन २०१८ को उपाधि खगेन्द्र चापागाईलाई

देवदह । देवदह जेसीजले आयोजना गरेको देवदह युथ आइकन २०१८ को उपाधि खगेन्द्र चापागाईले प्राप्त गरेका छन । स्वर्णीम सगरमाथा कलेजमा कक्षा १२ मा अध्ययनरत चापागाइले ४० जना प्रतिसप्रधीलाई पछि पार्दै उपाधि जित्न सफल भएका हुन ।

यस्तै फस्ट रनरअप महामाया भावानि माविमा अध्ययनरत सविता अधिकारी भएकी छन । देवदह जेसीजले देवदहमा रहेका ११ वटा मावि विधालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबाट विचमा मंसिर १९, २० र २१गते प्रिअडिसन राउण्ड सम्पन्न गरेको थियो ।

११ वटा विद्यालयबाट छानिएका ४० जना विद्यार्थीहरुलाई २३, २४ र २५ गते तिन दिन सम्म विभिन्न विधामा तालिम समेत प्रदान गरिएको थियो । प्रत्येक दिन गरिएको मूल्याङन अनुसार फाइनल राउण्डमा जम्मा १० जनालाई मात्र yes we rise भन्ने शिर्षकमा आफना भनाइहरु राख्ने मौका दिइएको थियो र १० जनाका विचमा विनर र फस्ट रनरअप छुट्याइएको थियो ।

विनरलाई १० हजार नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो भने फस्ट रनरअपलाई ७ हजार नगर, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । देवदह जेसीजका अध्यक्ष जेसी विष्णु न्यौपानेको अध्यक्षता र देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा बोल्दै नगरप्रमुख खत्रीले देवदह युथ आइकन जस्तो रचनात्मक कार्यक्रममा गरेकोमा देवदह जेसीजलाई धन्यवाद दिदै यस्ता कार्य क्रममा आफनो सदैव साथ र सहयोग रहने बताए । विद्यार्थीहरुको चौतर्फि विकास गर्नका लागि आफुहरुले देवदह युथ आइकन आयोजना गरेको देवदह जेसीजका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिएका छन ।

विद्यार्थीहरुलाई सकरात्मक बाटोमा लाग्न र उनीहरुलाई आफनो जिम्मेवारी बोध गर्न यस्तो कार्यक्रमले सहयोग पुग्ने उनले बताए ।

कार्यक्रममा देवदह जेसीजका संस्थापक अध्यक्ष एवम नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सिनेटर विजय गुरुङ,युगिन साहित्य समाजका अध्यक्ष यज्ञप्रसाद न्यौपाने, फोनिक्स नेटवर्कका अध्यक्ष जेसी मिन भटराई, सहभागि विद्यार्थी सोनिया लगाएतले आआफना भनाइ राखेका थिए ।

देवदह जेसीजका महासचिव केशव अधिकारी र प्रमुख प्रशिक्षक रमेश अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । जेसी प्रकाश कंडेलले जेसीजको आस्थापाठ वाचन गरेका थिए।

प्रकाशित मिति : बिहिबार, मंसिर २७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij