JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा अन्तर्राष्ट्रिय मेलाको तयारी तिव्र

बुटवलमा अन्तर्राष्ट्रिय मेलाको तयारी तिव्र

बुटवल । रुपन्देही व्यापार सङ्घको आयोजनामा आगामी पुस ५ देखि बुटवलमा हुने लुम्बिनी एक्स्पो–२०७५ तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

तयारीका क्रममा पूर्वाधार निर्माणको काम र मूल ढोका, सचिवालय तथा प्रदर्शनी कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको मूल समितिका सदस्यसचिव प्रकाश ढकालले जानकारी दिए ।

प्रदर्शनीस्थल बुटवल मण्डपमा मेलाको सचिवालयको निर्माण काम सकिएको र प्रदर्शनी कक्ष, ढोका, मञ्च तथा ‘पभिलियन’ को निर्माण सकिएपछि सजावटको काम शुरु हुनेछ ।

रुपन्देही व्यापार सङ्घका अध्यक्ष पदमप्रसाद श्रेष्ठले मेलालाई अघिल्ला वर्षभन्दा पृथक बनाउने सोचका साथ काम भइहेको बताए।

आयोजकले मेलाको मूल ढोकाको ढाँचा मायादेवी मन्दिरको स्वरूपमा निर्माण गर्न लागिएको र त्यसलाई मौलिक बनाउने योजना छ भने सचिवालयलाई परम्परागत पहाडी घरको झल्को दिनेगरी खरले छाएको मौलिक भवन निर्माण गरिएको छ ।

तयारीको ८० प्रतिशत काम सम्पन्न भइसकेको आयोजक मूल समितिका सहसंयोजक कृष्णप्रसाद घिमिरेले बताए । घिमिरेले यस पटकको आयोजनामा प्रविधि, कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिने बताए। मेला १८ गतेसम्म बुटवल मण्डपमा चल्नेछ । रासस

प्रकाशित मिति : शुक्रबार, मंसिर २८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij