काठमाडौ । आगामी फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचांै संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक आज भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज खेल तालिकामा नेपाल समूह ’ए’ मा परेको छ । नेपालले पहिलो खेलमा भुटानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दा अन्तिम खेलमा बङ्गलादेशसँग खेल्नेछ ।
नेपालले उद्घाटन खेल फागुन २८ मा भुटानसँग खेल्नेछ । दोस्रो खेलमा २९ गते पाकिस्तान र चैत १ गते बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगिताका सबै खेल विराटनगरस्थित शहीद रङ्गशालामा हुने एन्फाले जनाएको छ समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का रहेका छन् ।
साफ च्याम्पियनसिपका लागि नेपाली महिला टोलीले तयारी समेत शुरु गरिसकेको छ । प्रतियोगिता आउन तीन महीना बाँकी छँदै एन्फाले महिला टोलीको तयारी अघि बढाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अहिले ३३ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।
दक्षिण एशियाली महिला फुटबलको राम्रो टोली नेपालले अहिलेसम्म भारतको वर्चस्व तोड्न सकेको छैन । सबै संस्करणको उपाधि भारतले जितेको छ । नेपाल अहिलेसम्म फाइनलमा भारतसँग पराजित हुँदै आएको छ ।
यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएकोमा श्रीङ्कमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने जनाएपछि दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले निर्धारित समयभन्दा एक महीनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको हो ।
घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्यका राखेको नेपाली महिला टोली खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्