काठमाडाैं – सन् २०२० मा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आर्इसीसी महिला विश्वकप क्रिकेटका लागि एसिया छनोट आउँदाे फागुनमा हुने भएको छ ।
थाइल्याण्डमा आयोजना हुने छनोट खेल फागुन ६ देखि १५ गतेसम्म हुनेछ । छनोट प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, युनाइटेड अरब इमिरेटस्, मलेसिया, कुवेत, चीन र हङकङले प्रतिस्पर्धा गर्नेछन् ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आर्इसीसी महिला टी–२० विश्वकप छनोट र आर्इसीसी महिला विश्वकप २०२० मा स्थान बनाउने छन् । छनोटको खेल तालिका भने सार्वजनिक भएको छैन ।
यसैबीच छनोट प्रतियोगितामा सहभागी हुने नेपाली महिला टोलीले आउँदाे बुधबारदेखि प्रशिक्षण शुरु गर्ने नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, पुष २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्