आज १८ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाईंदै

आज १८ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाईंदै

काठमाडौं । आज १८ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि मनाईंदैछ । दिवसको अवसरमा श्रमको सम्मान : राष्ट्रिय अभियान र सिपयुक्त जनशक्ति र स्वरोजगार : आर्थिक समृद्धिको मुल आधार भन्ने नाराका साथ आप्रवासीको अधिकारका विषयमा विभिन्न कार्यक्रम हुँदैछन् ।

सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षणसम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा सन २००० देखि दिवस मनाउन थालिएको हो । अहिले विश्वका झण्डै २५ करोड ८० लाख मानिस आप्रवासीका रुपमा रहेका छन् ।

विश्वव्यापीकरण, औद्योगिकीकरण, सूचना र सञ्चारको विस्तारसंगै अन्तराष्ट्रिय स्तरमा आप्रवासीको सङ्ख्या बढ्दै गएको छ । राजनीतिक अस्थितरताका कारण नेपालमा पछिल्लो समयमा रोजगारीका लागि विदेशिनेको सङ्ख्या बढेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मात्र देशले आर्थिक समृद्धि हासिल गर्ने बताए । अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपाल नवीन सोचका साथ आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको बताए ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले बर्सेनि लाखौँ नेपाली युवा रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता हटाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।

त्यसका लागि स्वदेशमा आकर्षक रोजगारीका अवसर सृजना गरेर स्वदेशमै गरिखाने वातावरण तयार गर्न सरकार दृढतापूर्वक क्रियाशील रहेको प्रधानमन्त्रीले बताउनुभएको छ ।

प्रकाशित मिति : मंगलबार, पुष ३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij