देशभित्रै रोजगारी नपाएपछि कपिलवस्तुबाट जान्छन् ५३ हजार भन्दा बढी तेश्रो मुलुक

देशभित्रै रोजगारी नपाएपछि कपिलवस्तुबाट जान्छन् ५३ हजार भन्दा बढी तेश्रो मुलुक

कपिलवस्तु । साढे ६ लाखको हाराहारीमा जनसंख्या रहेको कपिलवस्तुबाट ५३ हजार २० जना रोजगारीका लागि बिदेशिएका छन ।

नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयका अनुसार सन २०१७ सम्म कपिलवस्तुबाट ५२ हजार ३०९ पुरुष र ७ सय ११ जना महिला वैदेशिक रोजागरीमा गएका हुन । यो संख्या छिमेकी देश भारत बाहेकको हो ।

‘मर्यादीत आप्रवासन’ भन्ने नाराका साथ कपिलवस्तु नगरपालिकाद्धारा तौलिहवामा अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा आयोजित कार्यक्रममा सहजकर्ता जियायलहक मनिहरले नेपालको बैदेशिक रोजागरीको अवस्थामा बारे प्रस्तुतीकरण गर्दै सो जानकारी गराएका हुन ।

सो अवधिमा नेपालबाट ३५ लाख ५४ हजार ६८३ जना बैदेशिक रोजागरीमा गएका थिए । सरकारले १ सय १० मुलुकका लागि रोजगारीमा जाने अनुमति दिएको छ ।

सन २०१७ सम्म रोजगारीमा गएका बेला ५ हजार ८९२ जनाको मृत्यु भएको थियो । बैेदेशिक रोजगारीबाट ६ खर्व ९९ अर्व भित्रिने गरेको छ ।

नेपालाट दैनिक १५ सय जना ब्रैदेशिक रोजागरीमा जाने गरेका छन । नेपालमा रोजगारीको ब्यवस्था नहुनुले युवाहरु बिदेशमा पयालन हुनेक्रम बढेको सहायकक प्रजिअ रामेश्वर अर्यालले बताए ।

‘नेपालमा काम नपाउँदा युवाहरु विदेशिने क्रम रोकिएको छैन, गाउँ नै रित्तिने गरी युवाहरु विदेशिएका छन्’ उनले भने । यसले गदा देशको विकास निर्माणमा ठुलो असर परेका उनले बताए ।
युवाहरुलाइ विदेश पलायन हुनबाट रोक्न सरकारले विशेष कार्यक्रम, रोजगारीको व्यवस्था, प्राविधिक शिक्षामा जोड दिनुपर्ने उनको सुझाव छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्ने बताए । उनले युवाहरु विदेशमा जानु बाध्यता रहेकोले यसलाई रोक्न सरकारले नै बिशेष पहल गर्नु पर्ने उनको सुझाव छ ।

बैदेशिक रोजागरीमा जाने प्रकृयाबारे पहिले नै चनाखो भए अनावश्यक दुखबाट बचिने उनले बताए । १४ बर्ष कोरियामा काम गरी फर्केपछि वडा अध्यक्ष बनेका शिव बहादुर वाग्लले विदेशमा जाँदा आफु नै चनाखो हुनु पर्ने र भाषाको अनिवार्य ज्ञान हुनुपर्ने बताए ।

रोजगारीमा जानेहरु मनेपावर दलालबाट ठनिने, सरकारले तोकेको भन्दा बढी पैसा तिनु पर्ने, बिदेशमा काम फरक पर्ने, तोकिए भन्दा कम तलब पाउने, दुर्घटना हुदा रकम नपाउने लगायतका धेर्रै समस्याहरु झेल्ने गरेका छन ।

कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष मोहन शर्मा सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, सल्लाहकार सुरेन्द्र लम्साल लगायतले मन्तब्य दिएका थिए ।

प्रकाशित मिति : बुधबार, पुष ४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij