दाङ । गत असोज १२ गते केहि बिबाद र केहि सहमतिका बीच राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुम्पिरहँदा आम दंगाली जनतामा स्वास्थ्य क्षेत्रमा अब प्रतिष्ठानले मार्ने गुणात्मक फट्कोको मिठो कल्पना गर्दै खुसियाली छाएको थियो ।
तर हस्तान्तरणको ४ महिना पनि नपुग्दै प्रतिष्ठानले लोकप्रिय भन्दा ज्यादा अलोकप्रिय काम गर्दै आएको जनगुनासो सर्बत्र छाएको छ । पछिल्लो समय प्रतिष्ठानले बिगत ५ वर्ष यता साविक राप्ती अञ्चलको एक मात्र पोषण पुनस्स्थापना गृहको अस्तित्व नामेट पार्दै बन्द गरेको छ ।
पोषण पुनस्स्थापना गृह बन्द गरे संगै यस क्षेत्रका कुपोषित बालबालिकाले निस्शुल्क पाउने उपचार तथा आवास सेवा बाट वञ्चित भएका छन् ।
यस क्षेत्रमा कुपोषित बालबालिकाको संख्या उल्लेख्य भएको निचोड निकाल्दै यसको निवारण गर्ने हेतुले नेपाल युथ फाउन्डेसन द्वारा ५ बर्ष अगाडि राप्ती उपक्षेत्रीय अस्पताललाई हस्तान्तरण गरेको पोषण पुनस्स्थापना गृह बन्द गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उक्त भवनलाई डाक्टरको गेष्ट रुम बनाएको हो ।
बार्षिक रुपमा झण्डै डेड देखि दुइ सय सम्म कुपोषित बालबालिकाहरुको उपचार भैरहेको पोषण गृहमा प्रतिष्ठानले आफ्नो मातहतमा लिएपछि कुपोषित बालबालिका भर्ना गर्ने छाडेको हो ।
अस्पताललाई ‘प्रतिष्ठानले आफ्नो स्वामित्वमा लिन बित्तिकैबाट पोषण गृह बन्द गरि घर खालि गर्न लगातार प्रतिष्ठानले दवाव दिएपछि अन्तत गृह बन्द गर्नुपरेको बताउछिन पोषणगृहकी व्यवस्थापक लक्ष्मी गैरे ।
बिगत पाँच बर्ष यता लगातार संचालन हुदै आएको पोषण गृहको बारेमा थाहा पाएपछि अहिले पनि कुपोषित बालबालिकाहरुका बाबुआमा सम्पर्कमा आइरहेको भएपनि बालबालिका राख्ने स्थानको कुनै टुंगो नहुँदा कुपोषित बालबालिकाहरुलाई फर्काउनुपरेको गैरेको भनाइ छ ।
यता प्रतिष्ठानका रजिस्ट्रार डा= रामप्रसाद प्याकुरेलले भने उपचारका लागि आउने विज्ञ डक्टरहरुका लागि कोठा आवश्यक परेकाले पोषणगृह खाली गर्नुपरेको बताए ।
पोषण गृह छुट्टै घरमा नभई अस्पतालमै गराउने प्याकुरेलको भनाइ छ ।तर लामो समय यहि गृहमा राखेर उपचार गर्दै आएका कुपोषित बालबालिका लाई उपचार गर्ने गृह बन्दा हुँदा यस क्षेत्रका कुपोषित बालबालिकाहरुको बिचल्ली हुने सरोकारवालाको भनाइ छ ।
प्रकाशित मिति : बुधबार, पुष ४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्