लुम्बिनी प्रेस क्लबकाे दोस्रो विस्तारित बैठक

लुम्बिनी प्रेस क्लबकाे दोस्रो विस्तारित बैठक

भैरहवा । पत्रकारहरुको साझा संस्था लुम्बिनी प्रेस क्लब, रुपन्देहीको दोस्रो विस्तारित बैठक सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष माधब ढुंगानाको सभापतित्वमा सम्पन्न बैठकले आगमी पौष २८ गते शनिबारका दिन क्लबको साधरणसभा तथा अधिवेसन गर्ने समेत निर्णय गरेको छ ।

यसैगरी बैठकले लुम्बिनी प्रेस क्लब विशेषांक प्रकाशन गर्ने र सोको सम्पादकमा क्लबका अनुशासन समिती संयोजक दिपेन्द्र बडुवाललाई नियुक्त गरेको छ ।

यसैगरी अर्थ समिती संयोजकमा उपाध्यक्ष दिपेश पछाई र अधिवेसन संयोजकमा लेखा समिती संयोजक राधेश्याम विश्वकर्मालाई चयन गरेको क्लबको सचिव सम्झना शर्माले बताईन् ।

बैठकमा अध्यक्ष माधब ढुंगाना, महासचिव नरेश के.सी र कोषाध्यक्ष कमल रायमाझीले पेश गरेको सांगाठानिक गतिविधी, कार्यक्रम र आर्थिक रिर्पोटमाथी क्लबका साधरणसदस्यहरु प्रकाश न्यौपाने, राधेश्याम विश्वकर्मा, विन्दुकुमार चौहान, शशि पन्थि, रविन्द्र गुप्ता, मोहमद हबिब, दिपेन्द्र बडुवाल, रबि पन्त, पुनहरी बेलबासे, चेतन पन्त, गोरख थारु, विष्णु भट्टराई लगायतले दफादार रुपमा भाग लिदैं केही सुझाब तथा टिप्पणी सहित प्रतिवेदनहरु पारित गरिएको सदस्य दीपक घिमिरेले बताए ।

विस्तारित बैठकमा पत्रकार अक्षयकोषमा रकम वृद्धि गर्ने, क्षमता अभिवृद्धिकोलागी नियमित तालिम राख्ने, अध्ययन अवलोकन भ्रमण गर्ने, संस्थागत रुपमा अन्तरक्रिया गर्ने कार्यलाई नियमित गर्न सदस्यहरुले सुझाब दिएको कार्यसमिती सदस्य सलमान खानले बताए ।

यसैगरी बैठकले सदस्यता नविकरणकोलागी सबै सदस्यलाई अनिवार्य गर्ने र नयां सदस्यताको लागी निश्चित शुल्क लिइ क्रियासील पत्रकारहरुलाई निश्चित मापदण्डका आधारमा सदस्यता प्रदान गर्नेगरी खुल्ला आहवन गर्ने समेत निर्णय गरेको क्लबका कार्यसमिती सदस्य माधब न्यौपानेले बताए ।

प्रकाशित मिति : बिहिबार, पुष ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij