दाङ – शैक्षिक भ्रमणमा हिँडेका विद्यार्थी सवार बस दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा पनि कम्तिामा ९ जनाको मृत्यु छ।
दाङमा बस दुर्घटनामा अरु ३ जना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका– ३ राम्री नजिकैको सडकबाट बस खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको छ। मृतकमध्ये ८ जना पुरुष र एक जना महिला रहेको प्रहरीले जनाएको छ।
अरु ३ जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ज्यान गुमाएका र घाइतेहरुको उद्दारका लागि १८ जना प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
‘उद्दार कार्य जारी छ, खोँचजस्तो छ,’ प्रहरी स्रोत भन्छ, ‘मृतकको शव निकाल्ने र घाइतेलाई उपचारका लागि पठाइँदै छ।’
सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरेर फर्कंदै गर्दा बा४ख ९७६६ नम्बरको शिक्षक तथा विद्यार्थी चढेको बस दुर्घटना भएको हो।
धेरै हताहती भएको बुझिएको छ। बसमा ९ जना महिला र २१ जना पुरुष रहेको कपुरकोट प्रहरीले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, पुष ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्