रवि ओड : म्यादी प्रहरीदेखि दोहोरी साँझसम्मको यात्रापछि नेपालकै चम्किलो तारा

रवि ओड : म्यादी प्रहरीदेखि दोहोरी साँझसम्मको यात्रापछि नेपालकै चम्किलो तारा

काठमाडौ । गरीबको झुपडीमा पिल्सिएको एउटा प्रतिभा नेपालकै चम्किलो तारा बनेको छ। कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा जन्मिएको रवि ओड नेपालकै चर्चित रियालिटी फ्रेन्चाईज नेपाल आइडल सिजन २ को बिजेता बने ।

उनले २२ लाख र गोल्डेन माइक पाएका छन् । २०५४ साल चैतमा जन्मेका रवि आमा बुवाका तेस्रो सन्तान हुन्। उनका बुवा राजेन्द्र ओड हुन् भने आमा उमा ओड।

मुख्य आयश्रोत र रोजिरोटीको आधार भारतको ‘वाचम्यान’ को जिन्दगी बाँचिरहेका उनका बाजे र बुवा अछामबाट बसाइ सरेर कञ्चनपुर गएका थिए। उनको पुर्ख्यौली थलो साविकको अछाम बुढाकोट गाविस हो जुन हाल साँफेबगर नगरपालिकामा पर्छ।

गरिवीको जिन्दगीले पिल्सिएका रविका हजुरबुवा अहिले पनि भारतमा ‘वाचम्यान’को काम गरिरहेका छन्। सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाजेको प्रेरणाबाट गीत संगीतमा लागेका थिए।

नेपाल आइडलमा आउनुपछि उनी विभिन्न स्थानीय स्तरका प्रतियोगितामा सहभागी हुँदै धनगढीमा दोहोरी साँझमा गाउने गर्थे। आर्थिक रुपमा विपन्न परिवारमा हुर्केर गायन प्रतिस्पर्धाबाट नेपाल आइडलको उत्कृष्ट चारमा पुगेपछि सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी रवि ओडको चर्चा सर्वत्र चुलिएको थियो।

आर्थिक रुपमा विपन्न, त्यसमा पनि दलित समुदाय र त्यही अभावमा हुर्केर सुदूर पश्चिमलाई चिनाउन सफल रविलाई जिताउन देश विदेशका समर्थकले रवि ओड जिताउँ अभियान नै सञ्चालन गरेका थिए।

देउडा विद्यामा पोख्त सुदूरपश्चिममा आधुनिक र पप विद्याका गीतहरु गाउन सक्ने रविको स्वःसाधनाबाट सवै प्रभावित भएका थिए।

उनी जीविकोपार्जन गर्न र घर खर्च चलाउन २०७० सालको चुनावमा म्यादी प्रहरीमा भर्ना भएका थिए।

प्रकाशित मिति : शुक्रबार, पुष ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij