दुर्घटनामा मृत्यु भएका २२ को शव अस्पतालमा, ५ काे सनाखत

दुर्घटनामा मृत्यु भएका २२ को शव अस्पतालमा, ५ काे सनाखत

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा बिहिबार भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ । मृतकमध्ये चार महिला र १८ पुरुष रहेको र सबै शव राति ३ बजेसम्म उक्त अस्पतालमा ल्याइसकिएकाले सनाखत पनि छिटै गरिने उनले बताए ।

सो दुर्घटनामा परी अन्य १५ जना गम्भीर घाइते भएका र उनीहरूको सोही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि गए राति नै कोहलपुरस्थित शिक्षण अस्पताल लगिएकोे थियो ।

शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा विद्यार्थी र शिक्षक चढेको बा४ख ९७६६ नंको बस दुर्घटना भएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, नेपाल उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र स्थानीयवासी उद्धारका लागि खटिएका थिए ।

घोराही स्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरी तुलसीपुरतर्फ फर्कने क्रममा बेलुका बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

अठतीस यात्रु सवार गरेका उक्त बस करिव सातसय मिटर तल खसेको थियो । बसमा ३२ विद्यार्थी, तीन गाडीका कर्मचारी, दुई शिक्षक र एक शिक्षालयका कार्यालय सहयोगी रहेको जनाइएको छ ।

मृतकमध्ये पाँच जनाको सनाखत भएको छ । घोराही उपमहानगरपालिका–३का ३२ वर्षीय बसचालक मदन केसी, वडा नं २७ का २८ वर्षीय प्रदीप घिमिरे, दङ्गीसन गाउँपालिका–१ का ३० वर्षीय सञ्जित रजगैयाँ, भुमे गाउँपालिका–६ रुकम पूर्वका २८ वर्षीय नरेश वली, घोराही उपमहानगरपालिका–१४का १७ वर्षीय विजय जिएमको सनाखत भएको प्रहरी प्रमुख जीवन शाहीले जानकारी दिए । रासस

प्रकाशित मिति : शनिबार, पुष ७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij