दाङ दुर्घटना : मृतकको संख्या २३ पुग्यो

दाङ दुर्घटना : मृतकको संख्या २३ पुग्यो

११ विद्यार्थी, २ शिक्षक , चालक र सहचालक गरि १५ जनाको सनाखद

दाङ ।दाङमा शुक्रवार दिउँसो भएको बस दुर्घटनामा परि मृत्यु हुनेहरुको संख्या २३ पुगेको छ । शनिवार विहान उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा थप एकजना घाइतेको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीका अनुसार जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका वडा नं. १ निवासी १९ बर्षीय विरेन्द्र कन्डाराको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।

घटनास्थलमा २१ जनाको शव फेला परेको थियो भने थप एकजनाको दाङको तुलसीपुरस्थित राप्ती अंचल अस्पतालमा उपचारका क्रममा शुक्रवार राति नै मृत्यु भएको थियो ।

बस दुर्घटनामा परि दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित गैरागाउँमा सञ्चालनमा रहेको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्यनरत विद्यार्थी र शिक्षकको मृत्यु भएको छ ।

जसमा घोराही उपमहानगरपालिका वडा नं.१४ निवासी विद्यार्थीहरु १७ बर्षीय बिजय जीएम, दाङको दंगिशरण गाउँपालिका वडा नं. १ निवासी ३० बर्षीय सञ्जित रत्गैया, शिक्षकहरु दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ का २८ बर्षीय प्रदिप घिमिरे र पूर्वी रुकुमको भूमे गाउँपालिका वडा नं. ६ निवासी २८ बर्षीय नरेश वलीको सनाखद भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो जानकारी अनुसार विद्यार्थीहरु जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. ३ बुर्थावाङ निवासी १७ बर्षीय हिकमत बोहोरा, जाजरकोट जिल्लाको खलंगा नगरपालिका वडा नं. ४ निवासी १७ बर्षीय आतिस नेपाली, कंचनपुर जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ५ गुलरिया निवासी १७ बर्षीय खेमराज भट्ट, जम्लाको चन्दननाथ गाउँपालिका वडा नं. ६ निवासी १६ बर्षीया कुसुम रावल, दाङको बबई गाउँपालिका वडा नं. ५ निवासी २१ बर्षीया कविता खत्री, जुम्ला जिल्लाको हिमागाउँपालिका वडा नं. ५ निवासी १७ बर्षीया सैलजा शाही, जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. १ निवासी १७ बर्षीय अर्जुन शाही र डोल्पा जिल्लाको गजदुल्ला गाउँपालिका वडा नं. ६ निवासी १६ बर्षीय गजेन्द्र एैडीको शनिवार विहान साढे १० बजेसम्म सनाखद पछि शव आफन्तले बुझेर लगेको ईप्रका तुलसीपुरका प्रमुख शाहीले जानकारी दिए ।

त्यस्तै बसका चालक दाङको घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३२ बर्षीय मदन केसी र सहचालक दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ हेमन्तपुर निवासी २१ बर्षीय गणेश विकको शव पनि आफन्तले बुझेर लगेको प्रहरीले जानकारी दिएको छ । राप्ती अंचल अस्पतालको शव गृहमा राखिएका अझैं ८ जनाको शव सनाखद हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

अभिभावक आइनपुग्दा सनाखदमा ढिलाई

दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले अधिकाँस विद्यार्थी जुम्लाका रहेको र अभिभावक आइ नपुगेको हुँदा सनाखद गर्न ढिलाई भइरहेको सेतोपाटीलाई बताए । ‘अझैंकतिपय मृतक जुम्ला जिल्लाको हुन भन्ने छ,तर, अभिभावले पहिचान नगर्दासम्म भन्ने सक्ने अवस्था छैन,’ एसपी पाण्डेले भने ।

कतिपय अभिभावकलाई फोन सम्पर्क समेत हुन नसकेको र कतिपयलाई खवर गर्दा बेलुका सम्म आइपुग्छौं भन्ने खवर प्राप्त भएको एसपी पाण्डेले जानकारी दिए ।

सनाखद भएका शवहरु आफन्तले बुझेर लग्ने क्रम जारी रहेको उनले बताए । रुकुम र जुम्लाका लागि केही शव एम्वुलेन्स मार्फत पठाइएको प्रहरीले जानकारी दिएको छ । तर उनले जिल्लामा संचालमा आएका कतिपय एम्वुलेन्सहरु लुकेर बसेको हुँदा खोज्नु पर्ने अवस्था आएको बताए ।

प्रकाशित मिति : शनिबार, पुष ७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij