बुटवल । एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपिएलको तेस्रो संस्करणको उपाधि ललितपुर प्याट्रियट्सले उचालेको छ ।
फाइनलमा भैरहवा ग्लाडियर्टस्लाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधिसहित २५ लाख रुपैयाँ हात पार्यो । उपविजेता बनेको भैरहवाले १० लाख रुपैयाँ पाएको छ ।
तेस्रो संस्करणको प्लेयर अफ दि सिरिज भैरहवाका रविईन्दर सिंह भए । उनले टिभिएसको मोटरसाइकल हात पारेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन मात्र जोड्न सक्यो ।
प्रदिप ऐरीले ३४, रविईन्दर सिंहले २९ रन जोडे । ललितपुरका ललित नाथले ३ तथा पवन सर्राफ र योगेन्द्रसिंह कार्कीले २र२ विकेट लिए ।
यसअघि भैरहवाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ललितपुर १९ दशमलव १ ओभरमा १ सय ५५ रनमा अलआउट भयो । जयकिशन कोल्सावालाले सर्वाधिक ५७ रन जोडेको ईनिङ्समा सन्दिप झोराले २४ र गौरव तोमरले २३ रन जोडे ।
भैरहवाका कृष्ण कार्कीले ३ तथा मोहम्मद नाभिद र रायन टेन डेस्कटले २र२ विकेट लिए ।
प्रकाशित मिति : आइतबार, पुष ८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्