९ सय ६७ ले मात्र तेस्रो किस्ता लगे

९ सय ६७ ले मात्र तेस्रो किस्ता लगे

पाल्पा । राष्ट्रिय पूननिर्माण प्राधिकरण नेपालका कार्यकारी सदस्य बिष्णु बहादुर भण्डारीले भुकम्पपिडितका लागी प्रधानमन्त्री कार्यालयको बैठकबाटै पिडितलाई अप्ठ्यारो नपारीकन रकम उपलब्ध गराउने सहमती भएकोे बताएका छन् ।

तानसेनमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यन्वयन एकाई, जिल्ला आयोजना कार्यन्वयन एकाइ पाल्पाले जिल्लाको निजी आवास पुनः निर्माण सम्बन्धि समिक्षा तथा अभिमुखिकरण गोष्टीमा भण्डारीले यस्तो बताएका हुन् ।

उनले मापदण्ड पुरा गरेर बनेका घरका लागि तीन किस्ता नै तुरुन्त भुक्तानी गर्नेगरी काम भैरहेको बताए । साथै प्रवलीकरणमा गर्नेहरुका लागी प्रति किस्ता ५० हजारका दरले दुई किस्तामा रकम उपलब्ध गराईने उनले बताए ।

उनले सरकारी जग्गामा घर भएका भूमिहिनका हकमा भने सोही ठाउ“मा भवन निर्माणका लागि रकम उपलब्ध नगराउन सुझाव दिए ।

४ हजार ६ सय ५२ घरधुरी जम्मा लाभग्राही रहेको पाल्पामा ३ हजार ९ सय ५४ घरपरिवारले पहिलो किस्ता, १ हजार ४ सय ६८ घरपरिवारले दोस्रो किस्ता र ९ सय ६७ घरपरिवारले तेस्रो किस्ता लिएको जिल्ला आयोजना कार्यन्वयन एकाईले जनाएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यन्वयन एकाईका निर्देशक गणेशराज वस्तीले अनुदान सम्झौता अनुसार मापदण्ड अनुसार घर बनाउनुपर्ने बताए । उनले तत्काल बस्नका लागी बनाइएका घरलाई पनि मापदढण्ड अनुसार प्रवलीकरण गरेर बस्न सकिने बताए ।

उनले पहिलो किस्ता लिईसकेपछि घर बनाउदिन भनेमा प्राधिकरण नियमावली अनुसार रकम फिर्ता गर्नुपर्ने बताए ।

प्रकाशित मिति : सोमबार, पुष ९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij